• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

नि:शुल्क उपचार पाए पनि विकलाल परिवारका दु:ख हटेनन्



चितवन । ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले नि:शुल्क उपचार पाए पनि परिवारका दु:ख भने हटेका छैनन् ।

गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बकैया गाउँपालिका–४ का २५ वर्षीय थिङको चितवन मेडिकल कलेज ९सिएमसी० शिक्षण अस्पतालले नि:शुल्क उपचार गरिदिए पनि परिवारको कमाउने छोरो काम गर्न सक्ने नभएपछि थप दु:ख बढेको उहाँका बुबा रामबहादुर थिङले बताउनुभयो ।

थिङ गत चैत २ गते आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा पर्नुभएको थियो । प्रहरीले टाउकोमा गम्भीर चोट लागेका उहाँलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाएको थियो । अस्पतालले दुई महिना २५ दिन लगाएर रु आठ लाख बढीको उपचार नि:शुल्क गरेको गरिदियो । अहिले उहाँ सामान्य हिँङ्डुल गर्न सक्ने हुनुभएको छ ।

थिङका बाबु रामबहादुर थिङ र आमा चिनिमाया थिङको अनुरोधपछि अस्पतालले सम्पूर्ण खर्च छुट दिएको हो । रामबहादुरले भन्नुभयो, “हामीसँग यति धेरै रकम तिर्न कुनै उपाय नै थिएन । हाम्रो अनुरोधमा अस्पतालले सम्पूर्ण उपचार खर्च मिनाहा गरेपछि अहिले छोराले नयाँ जीवन पाएको छ ।”

चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले आकस्मिक कक्ष, जटिल शल्यक्रिया, आईसियू, एचडियु, वार्ड, विभिन्न परीक्षणसमेत गरी रु सात लाख ४६ हजार १७० र अस्पताल फार्मेसीको रु एक लाख २५ हजार २९८ गरी रु। आठ लाख ७१ हजार ४६८ तिर्नुपर्नेमा सबै नि:शुल्क गरिएको जानकारी दिनुभयो । थिङ परिवारको आर्थिक अवस्था कमजोर देखेर सम्पूर्ण उपचार खर्च नि:शुल्क गरेको देवकोटाले बताउनुभयो । “आफैँले उब्जाएको अन्नले वर्षभरी खान पनि नपुग्ने थिङ परिवार वास्तवमै विपन्न देखेर भर्ना भएदेखि शल्यक्रियासम्म सम्पूर्ण उपचार नि:शुल्क गरेका छौँ”, देवकोटाले भन्नुभयो ।

दैनिक ज्याला मजदुरी गर्ने विकलालले घर बनाउनेलगायतका काम गरेर परिवारको गर्जो टार्दै आएका थिए । बुबा रामबहादुरले भन्नुभयो “हामीलाई कमाएर पाल्ने छोरो यही हो, अब घर गएर खाने के हो भन्ने चिन्ता छ ।”

रामबहादुरको परिवारमा छ छोरी र चार छोरा छन् । छ छोरीको विवाह भइसकेको छ भने जेठो छोरा विवाह गरेर अलग्गै बस्नुहुन्छ । विकलालसहित तीन छोरा र आमाबाबु सगोलमा बसिरहेका छन् । यो परिवारलाई आफ्नो उब्जनीले छ महिना पनि खान पुग्दैन ।

विकलालको टाउकोमा लागेको गम्भीर चोटका कारण देब्रे हात नचल्ने भएको छ भने देब्रे खुट्टा थोरै मात्रै चल्छ । घाउ निको भए पनि उहाँ पूर्णरुपमा श्रम गर्न सक्ने हुन गाह्रो रहेको चिकित्सकले बताएका छन् ।रासस