• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

टी–२० विश्वकपमा आज: क्यानडाविरुद्ध पाकिस्तानलाई जित्नैपर्ने दबाब



एजेन्सी । जारी टी–२० विश्वकपमा आज पाकिस्तान र क्यानडा खेल्दैछन् ।

न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ८:१५ बजेबाट सुरु हुनेछ ।

पाकिस्तानले समूह चरणका सुरुवाती दुवै खेल अमेरिका र भारतसँग हारेको छ । पाकिस्तानलाई सुपर–८ मा पुग्ने सम्भावना कायम गर्न आजको खेल जित्नैपर्ने दबाव छ । नासाउ काउन्टी मैदानमा आइतबार पाकिस्तान भारतसँग ६ रनले पराजित भएको थियो ।

समूह चरणका दुवै खेलमा हार बेहोरेको पाकिस्तान अंकबिहिन छ । आजको खेल हारे या बर्षाको कारण रद्द भए पाकिस्तान समुह चरणबाट नै बाहिरिनेछ । क्यानडा–पाकिस्तान खेलमा वर्षा भयो भने दुवै टोलीलाई १–१ अंक दिइनेछ । यो एक अंक र बाँकि रहेको एक खेल जित्दा पाकिस्तानको जम्मा ३ अंक हुनेछ । जुन सुपर–८को लागि पर्याप्त हुनेछैन ।

समूह- ए मा भारत र अमेरिका समान दुई खेल जितेर चार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन् । एक खेल जितेको क्यानडा दुई अंकसहित तेस्रो स्थानमा छ ।

पाकिस्तानको सम्भावित प्लेइङ ११:

मोहम्मद रिजवान, साइम अयुब, बाबर आजम, फखर जमान, शादाब खान, इफ्तिखार अहमद, इमाद वासिम/आजम खान, शाहीन अफ्रिदी, नसीम शाह, हरिस रउफ, मोहम्मद आमिर।

क्यानडा को सम्भावित प्लेइङ ११:

आरोन जोन्सन, नवनीत धालीवाल, परगट सिंह, दिलप्रीत बाजवा, निकोलस किर्टन, श्रेयस मोव्वा, डिलन हेलिङ्गर, साद बिन जाफर, जुनै सिद्दिकी, कलिम साना, जेरेमी गोर्डन।