१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

उद्धार गरिएको चित्तलको बच्चा बाँकेको वन कार्यालयमा

उद्धार गरिएको चित्तलको बच्चा बाँकेको वन कार्यालयमा
अ अ+ अ-

जानकी । यही जेठ ११ गते वैजनाथ गाउँपालिका वडा नं २ मकैबारीस्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा उद्धार गरिएको चित्तलको बच्चालाई सशस्त्र वन रक्षकको निगरानीमा राखिएको छ ।

चित्तलको बच्चालाई मकैबारी गाउँबाट कोहलपुर सव–डिभिजन वन कार्यालयका कर्मचारी र शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह प्रतिनिधिको संयुक्त सहकार्यमा उद्धार गरिएको थियो ।

सहायक वन अधिकृत नवराज शाहीका अनुसार उद्धार गर्दा उक्त चित्तलको बच्चा अन्दाजी डेढ महिनाको थियो । बाटो बिर्सिएर सामुदायिक वन क्षेत्रबाट गाउँमा पसेको बच्चालाई वन कार्यालयका कर्मचारीले उद्धार गरेका थिए । उक्त चित्तलको बच्चाले दिनमा दुईदेखि तीन लिटरसम्म दूध खाने गर्दछ ।

खानाको परिमाण दिनानुदिन बढेको हुँदा उसले खाने दूधको मात्रा पनि बढिरहेको सहायक वन अधिकृत शाहीले बताउनुभयो । “यो मान्छेसँगै हिँडडुल गर्ने बानी परिसकेको छ, यसलाई पुन: निकुञ्जमा छाड्दा गाउँबस्तीमा आउने र मान्छेको पछि लागेर जानसक्ने सम्भावना रहन्छ”, उहाँले भन्नुभयो, “मान्छेसँग पछि लागेर जाँदा यसलाई खतरा हुनसक्छ । त्यसैले यसको सुरक्षा र संरक्षणका लागि यही नै राख्नुपर्ने देखिन्छ ।”

डिभिजन वन कार्यालयअन्तर्गतको सशस्त्र वनसुरक्षा शाखाको प्रत्यक्ष हेरचाहमा रहेको चित्तलको बच्चालाई दैनिक खाना खुवाउने, डुलाउने र हेरचाह सोही शाखाले गर्दै आएको छ ।

बिहान र बेलुका गरी दिनमा दुई पटक उक्त चित्तलको बच्चालाई चरिचरणका लागि केजबाट बाहिर निकाल्ने गरिन्छ भने बाँकी समय केजमै राख्ने गरिएको छ । रासस