• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वपूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड

उद्धार गरिएको चित्तलको बच्चा बाँकेको वन कार्यालयमा



जानकी । यही जेठ ११ गते वैजनाथ गाउँपालिका वडा नं २ मकैबारीस्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा उद्धार गरिएको चित्तलको बच्चालाई सशस्त्र वन रक्षकको निगरानीमा राखिएको छ ।

चित्तलको बच्चालाई मकैबारी गाउँबाट कोहलपुर सव–डिभिजन वन कार्यालयका कर्मचारी र शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह प्रतिनिधिको संयुक्त सहकार्यमा उद्धार गरिएको थियो ।

सहायक वन अधिकृत नवराज शाहीका अनुसार उद्धार गर्दा उक्त चित्तलको बच्चा अन्दाजी डेढ महिनाको थियो । बाटो बिर्सिएर सामुदायिक वन क्षेत्रबाट गाउँमा पसेको बच्चालाई वन कार्यालयका कर्मचारीले उद्धार गरेका थिए । उक्त चित्तलको बच्चाले दिनमा दुईदेखि तीन लिटरसम्म दूध खाने गर्दछ ।

खानाको परिमाण दिनानुदिन बढेको हुँदा उसले खाने दूधको मात्रा पनि बढिरहेको सहायक वन अधिकृत शाहीले बताउनुभयो । “यो मान्छेसँगै हिँडडुल गर्ने बानी परिसकेको छ, यसलाई पुन: निकुञ्जमा छाड्दा गाउँबस्तीमा आउने र मान्छेको पछि लागेर जानसक्ने सम्भावना रहन्छ”, उहाँले भन्नुभयो, “मान्छेसँग पछि लागेर जाँदा यसलाई खतरा हुनसक्छ । त्यसैले यसको सुरक्षा र संरक्षणका लागि यही नै राख्नुपर्ने देखिन्छ ।”

डिभिजन वन कार्यालयअन्तर्गतको सशस्त्र वनसुरक्षा शाखाको प्रत्यक्ष हेरचाहमा रहेको चित्तलको बच्चालाई दैनिक खाना खुवाउने, डुलाउने र हेरचाह सोही शाखाले गर्दै आएको छ ।

बिहान र बेलुका गरी दिनमा दुई पटक उक्त चित्तलको बच्चालाई चरिचरणका लागि केजबाट बाहिर निकाल्ने गरिन्छ भने बाँकी समय केजमै राख्ने गरिएको छ । रासस