• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

४ वटा सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा विभागले ताला लगायो



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सोमबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ ।

विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यवसायिक प्रयोजनमा आएका सटर तथा टहराहरुमा ताला लगाएको हो । यसरी ताला लगाइएका सटरहरुमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र मा. वि. ले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मा. वि. डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मा. वि. डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको हो ।

शैक्षिक क्रियाकलापका लागि उपयोग हुनु पर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरहरुमा ताला लगाएर ताला प्रधानाध्यापकहरुलाई बुझाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो । यसरी ताला लगाइएका सटरमा पुन: व्यवसाय चलाउन पाइँदैन । व्यवसायीलाई आफ्ना सामान लैजान ७ दिनको समय दिइएको छ ।

‘महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ । यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन् ।’ दाहालले भन्नुभयो, ‘विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ । विद्यालयहरुले माग गरेकोभन्दा धेरै कार्यक्रम पठाएको छ ।’

‘विद्यालयहरु स्थान अभाव भएको बताउँदै शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको भन्दै आएका थिए । यसरी गुनासो गरिरहँदा आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा आएन ।’ प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेल भन्नुहुन्छ, ‘विद्यालयहरुमा विज्ञान र कम्प्युटर ल्याब बनाउनु पर्नेछ । पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनु पर्नेछ । भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालन उपयोगमा ल्याउँछौँ ।’

विद्यालयको सम्पत्ति शैक्षिक क्रियाकलाप सञ्चालनमा उपयोग हुनुपर्छ । विद्यालयले सरकारी सम्पत्ति आफूखुशी भाडा लगाउन पाउँदैनन् । कतिपय विद्यालयहरुले नक्सा स्वीकृत नगरी टहरा बनाएर भाडामा लगाएका पनि छन् । यी सबै ठाउँबाट व्यवसायिक प्रयोजन हटाइनेछ र शैक्षिक क्रियाकलाप स्थापित गरिनेछ ।