१५ बैशाख २०८२, सोमबार
,
Latest
रत्नपार्कमा उभिएर उत्साहित हुँदै राजावादीले दिए एकताको सन्देश शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छेँ मन्त्रिपरिषद् निर्णय: शिक्षक आन्दोलन वार्ताबाट समाधान गरिने ‘सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन’ सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने ‘पुनर्स्थापनाका थप काम सम्पन्न गर्न समय तोकेरै अगाडि बढ्न पहल गर्छौं’ अवैध वित्तीय कारोबारमा संलग्न आरोपमा २१ जना पक्राउ पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान सात सहरमा प्रस्तुति दिन अमेरिकातर्फ नेपथ्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशमा ६ वर्षमा पाँच सय ५० किलोमिटर सडक कालोपत्रे



अ+ अ-

काठमाडौँ । मुलुक संघीय संरचनामा गएपछि गठन भएको कोशी प्रदेशमा साढे पाँच सय किलोमिटर सडक कालोपत्रे भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रदेशभर पाँच सय ५० किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिइएको हो ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ यता हालसम्म प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्नेगरी सडक निर्माण गरिसकेको जनाएको छ । मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा एक सय २६ किलोमिटर सडक कालोपत्रे गरेको छ । त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा २०६ किलोमिटर सडक ‘पिच’ गरेको मन्त्रालयले आ।व। २०७८/७९ मा ९८, २०७७/७८ मा ४०, २०७६/७७ मा ५२ र २०७५/७६ मा २६ किलोमिटर सडक कालोपत्रे गरिएको मन्त्रालयका सचिव अशोककुमार साहले बताउनु भयो ।

६ वर्षको अवधिमा मन्त्रालयले एक हजार ४१३ किलोमिटर ग्राभेल सडक निर्माण गरेको छ भने ३८४ किलोमिटर ट्र्याक खोलेको छ । बहुवर्षीय सडकअन्तर्गत २८ वडा सडकको काम सकिएकोमा यो आर्थिक वर्षमा १२ वटा सडक निर्माण भएको छ । प्रदेशभर पछिल्लो ६ वर्षको समयमा ८८ वटा मोटरेवल पुल र दुई सय वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले सडक–सञ्जालसहित बहुवर्षीय आयोजनाहरू बजेटअनुरूप थपेर समयमै सम्पन्न गर्नेगरी काम गर्नुपर्ने बताउनु भयो ।

आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालयले १२२ वटा सामुदायिक र २७ वटा सरकारी भवन निर्माणको काम सम्पन्न गरेको छ भने १६ वटा एकीकृत बस्ती विकास र जनता आवास कार्यक्रमअन्तर्गत एक हजार २४ वटा घर बनाएको छ । ६ वटा पार्क, एउटा बसपार्क, दुईवटा भ्युटावर निर्माणको काम सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ ।