२० भाद्र २०८३, शनिबार
,
Latest
लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ संविधानबाट बालेन, रवि र हर्कहरुको उदय भयो: झक्कु सुवेदी



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्नेकुरा सत्य नभएको बताउनुभएको छ ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तथ्यलाई अहिले हल्लाले छोपेको बताउनु भयो । उहाँले पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय भएको नभइ नयाँ संविधानले उनीहरुलाई जन्माएको बताउनु भयो । उहाँले शिर उठाउने गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीले लामिछाने, बालेन र हर्कहरुलाई निर्वाचित गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कसैले के भन्छन् भने नयाँ पार्टी आए । किन नयाँ पार्टी आए रे भने जनता पुराना पार्टीसँग रिसाएर नयाँ पार्टी आयो रे । तर मलाई त्यस्तो लाग्दैन । हामी समस्या आइसकेपछि समाधान खोज्नेतिर जानुपर्छ । तथ्यलाई अहिले हल्लाले छोपेको छ । तथ्यले के भन्छ भने बालेन आए, हर्क आए, रविहरु आए । तर उनीहरुले भोट पाए, चुनाव जिते पुराना पार्टीहरुसँगको निराशाले होइन । बालेन, हर्क र रविहरु नयाँ संविधानले जन्माएका हुन् । यदी यो संविधान हाम्रो त्यति ठूलो बलिदानबाट, कुवार्नीबाट आउँदैन थियो भने रवि, बालेन र हर्कहरुको यहाँ उपस्थिति देखिँदैन थियो ।’

उहाँले गणतन्त्रले जनताको शिर उठाएको बताउनु भयो ।