मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्ला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): आकस्मिक धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । रमाइलो यात्राको योग पनि रहेको छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । पुनर्मिलनको योग रहेको छ । व्यापार व्यवसायमा फाइदा होला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र कमजोर नै रहला । शेयर बजारमा पनि उतारचढाव आइ रहनसक्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): विद्या र बुद्धिको ह्रास हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आकस्मिक धन लाभ हुनेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । बाहन लाभ हुने समय छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । स्वास्थ्यका दृष्टिकोणले पनि आज राम्रै छ । हाम्रो पात्रो