• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

त्रिकोणात्मक सिरिज: हङकङविरुद्ध नेपालको उत्कृष्ट सुरुवात



काठमाडौँ । त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । नेपालले दिएको २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको हङकङले १० ओभरमा तीन विकेट गुमाएर ७१ रन बनाएको छ ।

नेपालका तिब्र गतिका बलर करण केसिले पहिलो बलमा पहिलो विकेट लिएका थिए । हङकङका ओपनर मार्टिन कोर्टजी करणको बलमा गोल्डेन डक भएका थिए । पहिलो ओभर सकिदा हङकङले एक रन पनि जोड्न सकेको थिएन । पछि फेरी दुई ओभरको दोस्रो बलमा ललित राजवंशीले निजाकत खानलाई दुई रनमा आउट गराए । यस्तै, सातौँ ओभरको अन्तिम बलमा सोमपाल कामिले बाबर हायतलाई आउट गराए । उनी १५ बलमा ३ चौका प्रहार गर्दै आउट भए ।

नेपालले कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीमा २ सय १३ रन बनाएको थियो । नेपालको लाग कुशलले आफ्नो करिअरको दोस्रो अर्धशतक बनाउने क्रममा ९ छक्का सहित ९२ रनको आक्रामक इनिङ खेले । ४१ बलको सामना गरेका उनले ३ चौका समेत प्रहार गरेका थिए ।

यता, दीपेन्द्रले सातौं अर्धशतक बनाउने क्रममा ५७ रनको इनिङ खेलेका थिए । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरेक थिए ।