१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिडियाखानामा सटल बसको व्यवस्था गर्दै ललितपुर महानगर



अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि सटल बस राख्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर नजिकमा हुने कन्सर्टहरु बन्द गराएको बताउनु भयो । कन्सर्टहरु बन्द हुँदा चिडियाखानामा भएका वन्यजन्तुहरु आरामसाथ निदाउन पाएको उल्लेख गर्नुभयो । उहाँले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै लितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस पटक चिडियाखानामा बालबालिका, वृद्धवृद्धालाई घुमाउनका लागि एउटा सटल बसको पनि व्यवस्थापन गर्न गइरहेका छौँ । म मेयर भइसकेपछि जावलाखेलको चिडियाघर भन्दा बाहिर त्यहाँ ठूलो ठूलो कन्सर्टहरु हुन्थ्यो, मध्यरातसम्म, बाघ भालुलाई सुत्नै डिस्टर्ब हुनेगरी । तसर्थ मैले त्यो, बन्द गरिदिएँ । अहिले बाघ भालु आनन्दसँगले सुतिरहेका छन् । यसमा सुधारका धेरै आयमहरु छन् । त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार छ ।’

मेयर महर्जनले ललितपुर महानगरलाई आगामी दुई वर्षभित्र नमूनास्तरको बनाउने बताउनु भयो ।