४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

रक्सी खाएपछि किन नेपालीहरू फरर अंग्रेजी बोल्छन्, यस्तो छ तथ्य !

रक्सी खाएपछि किन नेपालीहरू फरर अंग्रेजी बोल्छन्, यस्तो छ तथ्य !
अ+ अ-

एजेन्सी । ‘जब रक्सी भित्र छिर्छ, नेपालीहरुको अंग्रेजी बाहिर आउँछ’ भन्ने भनाइ हामी सबैले सुनेका छौं। कतिपय अवस्थामा अलि-अलि अंग्रेजी बोल्न जानेको मान्छे नसामा धाराप्रवाह बोलेको सुनेका पनि छौं।

हामी ठान्छौं, रक्सीको सुरमा अंग्रेजी बोल्ने वा बोल्न खोज्ने मान्छेले नाटक गरेका हुन्। के साँच्चै नाटक गरेका हुन् ? वा, यसरी अंग्रेजी बोल्नुको पछाडि कुनै वैज्ञानिक कारण पनि छ ? हामीले लामो समयदेखि ‘मिथ’ बनाउँदै आएको रक्सी र अंग्रेजी भाषाबीचको यो सम्बन्ध हालै एक वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ।

उक्त अनुसन्धानले भन्छ, ‘मान्छेले कुनै नयाँ भाषा सिकिरहेको छ भने सामान्य अवस्थामा भन्दा रक्सीको हल्का नसामा बढी धाराप्रवाह बोल्नसक्छ।’ यसको मतलब सामाजिक जमघट वा बीच बाटैमा रक्सीले मातेर अंग्रेजी बोल्नेहरू सामान्य नै रहेछन्। उनीहरूले त्यसो गर्नुमा वैज्ञानिक आधार रहेछ।

के हो त त्यो वैज्ञानिक आधार ?

मान्छेले कुनै पनि नयाँ काम तबसम्म गर्न सक्दैन, जबसम्म  संकोच मान्छ। अनुसन्धानकर्ताका अनुसार सीमित परिमाणमा खाएको रक्सीले मान्छेको संकोच कम गराउँछ। संकोच कम भएपछि नयाँ काम गर्दा मनमा उत्पन्न हुने हड्बडाहट र हिच्किचाहटलाई सजिलै जित्न सकिन्छ। यो त मानसिक अवस्थाको कुरा भयो। यति मात्र कारणले फर्रर अंग्रेजी बोल्न सकिने होइन। यसमा रक्सीले मान्छेको शारीरिक अवस्थामा ल्याउने परिवर्तन पनि जिम्मेवार छ।

रक्सीको नसाले सबभन्दा पहिला हाम्रो मस्तिष्कको सोच्ने वा विश्लेषण गर्ने प्रणाली कमजोर बनाइदिन्छ। यसले हाम्रो स्मरणशक्तिमा मात्र होइन, सतर्क वा चनाखो रहने क्षमतामा पनि नकारात्मक असर पुर्याउँछ। सोच्ने शक्ति र चनाखो रहने क्षमतामा एकैचोटि रक्सीले प्रहार गरेपछि मान्छेको आत्मविश्वास ह्वात्तै बढ्छ। उ आफूलाई क्षमताभन्दा बढी आँक्न थाल्छ। र, यही अवस्थाले अंग्रेजी बोलाइ धाराप्रवाह हुन्छ। रक्सी र भाषासँग जोडिएको यो वैज्ञानिक निष्कर्ष बेलायती तथा डच अनुसन्धानकर्ताहरूको हो।

यसै साता ‘जर्नल अफ साइकोफर्माकोलोजी’ मा प्रकाशित शोधपत्रमा उनीहरूले रक्सी खाएको मान्छे कसरी र किन दोस्रो भाषा (मातृभाषाबाहेक अन्य) बोल्न सक्षम हुन्छ भनी वैज्ञानिक जवाफ दिएका छन्।

‘थोरै रक्सी खाएको मान्छे आफूले भर्खर सिक्दै गरेको दोस्रो भाषा बढी आत्मविश्वासका साथ धाराप्रवाह बोल्न सक्षम हुन्छ,’ ती अनुसन्धानकर्तालाई उद्धृत गर्दै टाइम पत्रिका लेख्छ, ‘उनीहरू आफैंलाई भने रक्सी खाएको बेला धाराप्रवाह बोल्दैछु भन्ने हेक्का नहुन सक्छ।’

टाइम पत्रिकाका अनुसार यो अध्ययनमा नेदरल्यान्डस्थित म्यासत्रिहित विश्वविद्यालयका ५० जना जर्मनभाषी विद्यार्थी सामेल थिए। उनीहरू सबै बेलाबेला रक्सी पिउँथे। उक्त विश्वविद्यालयमा डच भाषामा पढाइ हुन्थ्यो। ती विद्यार्थी यही भाषा सिक्दै थिए र भर्खर-भर्खरै भाषा परीक्षा पास गरेका थिए।

अध्ययन क्रममा प्रत्येकलाई एक डच अन्तर्वार्ताकारसँग दुई मिनेट कुराकानी गर्न लगाइएको थियो। कुराकानी सुरु हुनुअघि ती ५० जनामध्ये आधालाई पानी पिउन दिइयो भने बाँकी आधालाई मदिराजन्य पेय। मदिराको परिमाण व्यक्तिको तौलअनुसार फरक थियो। जस्तो, ६८ किलोको व्यक्तिलाई एक बोतलभन्दा बढी बियर खुवाइएको थियो।

डच अन्तर्वार्ताकारले सबै विद्यार्थीसँग पालैपालो कुराकानी गरे। कुराकानी डच भाषामै भयो। उनीहरूको सबै वार्ता रेकर्ड गरिएको थियो। विद्यार्थीहरूले बोलेको कत्तिको सही छ भनी जाँच्ने जिम्मा दुई स्थानीय डचभाषीलाई दिइयो। को पानी पिएर आएको छ र कसले रक्सी पिएको छ भन्ने ती दुई जनालाई थाहा थिएन। सहभागी विद्यार्थीलाई पनि आफूले कत्तिको धाराप्रवाह र शुद्ध बोल्न सकेँ भनेर स्वमूल्यांकन गर्न लगाइएको थियो।

विद्यार्थीहरूले स्वमूल्यांकन क्रममा दिएको अंक हेर्दा मदिराको प्रभाव देखिएन। रक्सी खाएर अन्तर्वार्ता दिन बसेका विद्यार्थीसमेत आफ्नो कुराकानीबाट सन्तुष्ट वा खुसी थिएनन्। उनीहरूले आफ्नो भाषाज्ञानलाई त्यही स्तरमा राखे, जुन स्तरमा पानी पिएर अन्तर्वार्ता दिन बसेकाले राखेका थिए।

कुराकानीको रेकर्ड सुन्दा भने रक्सी पिएर अन्तर्वार्ता दिएकाहरूको भाषा सुध्रिएको बुझिन्थ्यो। रेकर्ड सुनेर मूल्यांकन गर्न बसेकाले पनि यही निष्कर्ष निकाले।उनीहरूका अनुसार रक्सी खाएकाहरूले बोलेको डचभाषा पानी पिउनेको भन्दा बढी धाराप्रवाह र शुद्ध थियो। शब्दको उच्चारण मातृभाषी रैथानेले झैं सही ढंगमा गरेका थिए। तर, व्याकरण प्रयोग, शब्द भण्डार र आफ्नो कुरा कति सशक्त ढंगले राख्न सक्छ भन्ने आधारमा दुवै समूह लगभग समान थिए।

यसबाट अनुसन्धानकर्ता के निष्कर्षमा पुगे भने, हल्का मदिरा सेवनले मान्छेको आत्मविश्वास बढाइदिँदो रहेछ। यस्तोमा कोही नयाँ भाषा सिकिरहेको छ भने ऊ बिनासंकोच शुद्धसँग बोल्न सक्दो रहेछ।

अनुसन्धानमा सहभागी विद्यार्थीहरूले धेरै रक्सी नखाउन् भन्ने ख्याल राखिएको थियो। रक्सीको मात्रा बढी भए त्यसले पार्ने प्रभाव नकारात्मक हुन्छ भन्ने अनुसन्धानकर्ताको आकलन थियो। उनीहरूले आफ्नो शोधपत्रमा लेखेका पनि छन्, ‘थोरै रक्सीले धाराप्रवाह बोल्ने क्षमता बढाएजस्तै धेरै पिउँदा उल्टो प्रभाव पर्न सक्छ। धेरै रक्सीले मस्तिष्कलाई पूरै नियन्त्रणमा लिन सक्ने हुँदा मान्छेले जानेको शब्द पनि सही ढंगले उच्चारण गर्न नसक्ने, बोली लर्बराउने र आत्मविश्वास गुम्ने खतरा हुन्छ।’

विश्लेषकहरूले यो अध्ययनमा एउटा समस्या औंल्याएका छन्। यसमा सहभागीहरूलाई आफूले खाएको पेय पानी हो कि मदिरा भन्ने ज्ञान थियो। त्यसैले, उनीहरूको बोलाइ रक्सीको प्रभावले नै सुध्रिएको हो कि त्यसमा मानसिक कारण पनि जिम्मेवार छ भनी प्रस्ट भन्न नसकिने विश्लेषक बताउँछन्। यसलाई अझ स्पष्ट पार्न अर्को चरणको अनुसन्धान हुनुपर्ने औंल्याइएको छ।

यति मात्र होइन, यो अध्ययनलाई अन्य भाषाका सन्दर्भमा पनि प्रयोग गरेर हेर्नुपर्ने केही विश्लेषकले बताएका छन्। यो निष्कर्ष जर्मनभाषी वा डच भाषा सिकिरहेकामा मात्र सही देखिन्छ कि अरू भाषाका हकमा पनि समान नतिजा देखिन्छ भनेर हेर्न अर्को समूहमा अध्ययन गर्नुपर्ने उनीहरूको भनाइ छ। रक्सी र भाषाबीच सम्बन्ध झल्काउने यो अध्ययन पहिलो भने होइन।

सन् १९७२ मा भएको यस्तै अध्ययनमा थोरै परिमाणको रक्सी सेवनले थाइभाषीहरूको अंग्रेजी उच्चारणमा सुधार देखिएको थियो। ‘यो अध्ययनले मान्छेको मानसिक अवस्था मापन गर्दैन, तर अलिकति रक्सी खाएपछि संकोच हट्ने र ऊ बिनाहिच्किचाहट नयाँ भाषा बोल्न सक्षम हुन्छ भन्ने हाम्रो निष्कर्ष हो,’ टाइम पत्रिकाका अनुसार शोधपत्रमा अनुसन्धानकर्ताले भनेका छन्, ‘यसले विदेशी भाषा बोल्न हच्किनेहरूमा भाषिक शुद्धताका साथै धाराप्रवाह बोल्ने क्षमता पनि विकास गराएको हामीले पाएका छौं।’