१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँको शुभकामना दिँदै मुस्लिम आयोगले भन्यो: हिन्दु–मुस्लिमको भाइचारा सम्बन्धमा दरार ल्याउन असामाजिक तत्वले खेले



अ+ अ-

काठमाडौँ । नेपालीहरुको महान चाड विजया दशमी एवं शुभ दीपावलीको अवसरमा मुस्लिम आयोगले सम्पूर्णमा शुभकामना प्रदान गरेको छ ।

बुधवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी आयोगले विजया दशमी, शुभ दीपावली, नेपाल संवत, छठ लगायतका पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम गरी शुभकामना दिएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दशैँ सबै नेपालीको चाड भएकाले उत्सवका साथ मननाउनुपर्ने बताउनु भयो । उहाँले नेपालीहरु शान्तिप्रिय भएकाले कुनै धर्मधर्म बीचमा झैझगडा र द्वन्द्व गर्न नहुने बताउनु भयो । उहाँले सबै धर्मावलम्वीहरु एक आपसमा मिलेर बस्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय केही छिटपुट घटना भइरहेको भन्दै यसलाई समाधान गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले बाहिरबाट आएका व्यक्तिको उक्सावटमा साम्प्रदायिक द्वन्द्व हुने गरेको बताउनु भयो । धर्मको नाममा द्वन्द्व पैदा हुन नहुने बताउनु भयो ।

कार्यक्रममा नेपालीहरुको महान चाड बडा दशैँको शुभकामना दिँदै मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले लामो समयदेखि हिन्दु, मुस्लिम, इसाइ, किराँत लगायतका धर्मावलम्वी र समुदाय एक आपसमा मिलेर बसिरहेकाले अहिले पनि सोही कुरालाई निरन्तरता दिनुुपर्ने बताउनु भयो । पछिल्लो केही समय यता केही असामाजिक र अराजक तत्त्वहरुले नेपालमा रहेका धर्मावलम्वीहरुको बीचमा खेल्ने र धार्मिक सहिष्णुतालाई खल्बल्याउने प्रयास गर्ने र भाइचारा सम्बन्ध डग्मगाउने प्रयास गर्ने काम भइरहेको बताउनु भयो । उहाँले हिन्दु र मुस्लिम, बौद्धिष्ट र किराँतको नाममा असामाजिक कार्य गर्नेहरुलाई असफल बनाउनुपर्ने बताउनु भयो ।

अध्यक्ष अन्सारीले मुस्लिम समुदायले देशको भाइचारा सम्बन्ध बिथोल्न नसक्ने बताउनु भयो । उहाँले कुनैपनि अपराध गर्ने व्यक्ति कुनै धर्मको नहुने र अपराधि हुने भएकाले त्यस्ता व्यक्तिलाई कारबाही गरी समुदायलाई बीचमा ल्याउन नहुने बताउनु भयो । मुस्लिम आयोगले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग, राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।