९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार नेप्से परिसूचक ३५.८९ अंकले घट्यो, ८ अर्ब ८० करोडभन्दा बढीको कारोबार



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ३५.८९ अंकले घटेर २ हजार ६९९.५१ विन्दुमा झरेको छ । गत चैत १७ गतेदेखि निरन्तर बढेको बजार चैत २५ गते घटेको थियो । त्यसपछि आज १.३१ प्रतिशतले घटेको हो। 

आइतबार २ हजार ७५९.९० विन्दुदेखि बजार खुला भएको थियो । यस दिन सेन्सेटिभ इन्डेक्स पनि १.२८ प्रतिशत घटेर ४८६.१६ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स ६.२९ अंक घटेको हो ।

२०७ ओटा कम्पनीको ९३ हजार ५६८ पटकको व्यापारमा रू. ८ अर्ब ८० करोड १८ लाख ३ हजार बराबरको १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर कारोबार भएको हो । कारोबार रकममा सर्वाधिक हिस्सा एभरेष्ट बैंकको रहेको छ । उक्त कम्पनीको रू. ८७ करोड ६२ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको हो । 

दोहोरो उच्च अंकले घटेको बजारमा आइतबार चार ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । महिला लघुवित्तको ९.९३ प्रतिशत, ज्योति लाईफको ९.९१ प्रतिशत, दिव्यश्वरी हाइड्रोको ९.४५ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको ९.०३ प्रतिशतले शेयरमूल्य बढेको हो ।

यसदिन महिला लघुवित्तको प्रतिकित्ता रू. १२० ले बढेर अन्तिम मूल्य रू. १ हजार ३२८, ज्योति लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ५६ ले बढेर अन्तिम मूल्य रू. ६२१, दिव्यश्वरी हाइड्रोको प्रतिकित्ता रू. १२ ले बढेर अन्तिम मूल्य रू. १३९ र नेपाल हाइड्रोको प्रतिकित्ता रू. २९ ले बढेर अन्तिम मूल्य रू. ३५० कायम भएको छ ।

नेप्से परिसूचकसँगै आइतबार कारोबारमा आएका १३ ओटा समूहगत परिसूचक मध्य म्युचुअल फण्डको परिसूचक ०.४६ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यसदिन व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

व्यापारिक समूहको परिसूचक सर्वाधिक ३.२७ प्रतिशत घटेको हो । त्यस्तै होटल्स तथा पर्यटन समूहको २.३५ प्रतिशत, बैंकिङको १.७५ प्रतिशत, विकास बैंकको १.६२ प्रतिशत जलविद्युतको १.२५ प्रतिशत, वित्तको १.२३ प्रतिशत, निर्जीवन बीमाको १.३४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.१९ प्रतिशत, अन्यको १.०२ प्रतिशत, लघुवित्तको ०.९४ प्रतिशत, जीवन बीमाको ०.६४ प्रतिशत र लगानी समूहको ०.४५ प्रतिशत परिसूचक घटेको छ ।

यो दिन गुडवील फाइनान्सको शेयरमूल्य सर्वाधिक ५.०९ प्रतिशत घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १४ ले घटेर अन्तिम मूल्य रू. २६१ कायम भएको छ ।आइतबार कारोबार रकमको उच्चता भने कायमै रहेको छ ।