७ आश्विन २०८१, सोमबार
,
Latest
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने



file-photo
अ+ अ-

भक्तपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताउनुभएको छ ।

नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले संविधान असफल बनाउने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

पार्टीले समाजवादी जागरण रोजगारी, सुशासन, समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढाएको बताउँदै नेता नेपालले भ्रष्टाचार र व्यक्तिवादबाट मुक्त भइयो भने मात्र त्यसको सही कार्यान्वयन हुने बताउनुभयो ।

“संविधानलाई असफल बनाउन खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने र पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने तत्वप्रति सबै होसियार हुनुपर्छ ।” सत्ता गठबन्धन पाँच वर्षका लागि बनेकाले गठबन्धन भत्काउँछौँ भन्ने सपना कसैले नदेखे हुन्छ भन्दै अध्यक्ष नेपालले देशलाई प्रतिगमनमा लैजान खोज्ने तत्वले अहिले पनि गठबन्धनन भत्काउन खोजिरहेको बताउनुभयो ।

पछिल्ला समय नयाँ आएका दलले पुराना दल र तिनका नेता कुनै काम लाग्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै उहाँले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका कृषिमन्त्री डा राजेन्द्रमान श्रेष्ठ, श्रम तथा यातायातमन्त्री लक्ष्मण लम्साल, सङ्घीय सांसद तथा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, एकीकृत समाजवादीका नेता गुरुप्रसाद बुर्लाकोटीलगायतले देशका लागि सत्ता गठबन्धन अपरिहार्य रहेको चर्चा गर्नुभयो ।