६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरपालिकाभित्रका तीन सडकखण्ड एकतर्फी सञ्चालन



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका तीन सडक खण्ड आजदेखि एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको छ ।

कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र सालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौँ प्लाजा) पुग्ने सडक एकतर्फी सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार त्रिपुरेश्वरतर्फबाट काठमाडौँ–ललितपुर जोड्ने नयाँ पुल (विश्व निकेतन) हुँदै गुसिङगाल निस्किने सडक एकतर्फी बनाइएको छ । “त्रिपुरेश्वरतिरबाट प्रवेश गर्न पाइए पनि ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर बायाँतर्फ मोडिएर आउनुपर्ने छ”, भट्टले भन्नुभयो, “त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ ।”

प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौँ प्लाजाबाट बायाँ मोडिएर महेन्द्र सालिकतर्फ जान पाइने छैन ।

सडक एकतर्फी बनाइएको जानकारी दिनका लागि सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका प्रहरी टोली खटाइएको प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनुभयो । रासस