९ असार २०८३, मंगलवार
,
Latest
द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाताको डेल्फिक सांस्कृतिक सम्मेलनमा नेपाली ढाका टोपीको रौनक



अ+ अ-

काठमाडौँ। भारतको कोलकातामा अन्तर्राष्ट्रिय डेल्फिक सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको आयोजना तथा इन्डियन डेल्फिक काउन्सिल र वेस्ट बङ्गाल डेल्फिक काउन्सिलको सहकार्यमा अक्टोबर १२ देखि १४ सम्म भएको सो सम्मेलनमा नेशनल डेल्फिक काउन्सिल नेपालले पनि सहभागिता जनाएको छ ।

सम्मेलनमा सहभागी नेपाल डेल्फिकका अध्यक्ष श्रीदेव बिएलले नेपालको कला, संस्कृति, भाषा तथा कलाका विविध आयामहरूका बारेमा विश्वभरका डेल्फियनहरूमाझ प्रवर्धन गरेको बताए । सो अवसरमा विश्वभरका कला तथा संस्कृति अभियन्ताहरूलाई नेपालको भौगोलिक विविधतासँगै सांस्कृतिक विविधताको बारेमा पनि विशेष समय लिएर जानकारी गराएका थिए ।

नेपाल डेल्फिकको तर्फबाट नेपालको कला, संस्कृति, प्रमुख चाडपर्वहरू, प्रचलनहरू तथा संस्कारहरूका बारेमा प्रस्तुतिसहित नेपालको परिचय दिइएको थियो । नेपाल डेल्फिकका अध्यक्ष बिएलले सम्मेलनमा सहभागी सबैलाई नेपालको मौलिक ुनेपाली ढाका टोपीु र रुद्राक्ष लगाइदिई यसको महत्वबारे प्रकाश पारेका थिए । सो अवसरमा इन्डियन डेल्फिक काउन्सिलका तर्फबाट नेपाल डेल्फिकलाई सिद्धार्थ गौतम बुद्धको पेन्टिङ प्रदान गरिएको थियो । पेन्टिङ प्रदान गर्दै ज्ञानको खोजीमा पहिले नेपालबाट भारत आएका गौतम बुद्ध अब नेपाल फर्किन लागेको बताइएको थियो ।

सो सम्मेलनमा अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलका महासचिव रमेश प्रसन्ना सहित जर्मनी, संयुक्त राज्य अमेरिका, बेलायत, ग्रिस, क्यानडा, फिलिपिन्स, मलेसिया, फ्रान्स, बङ्गलादेश, इन्डोनेसिया, इटाली, अस्ट्रेलिया, टर्की लगायत भारतका सबै राज्य काउन्सिलका सदस्यहरू, भारतका सरकारी उच्च पदाधिकारीहरू, भारतका लागि विभिन्न देशका राजदूतहरू, तथा स्थानीय एवम् बलिउडका चलचित्रकर्मीहरू र सङ्गीतकर्मीहरूको उपस्थिति थियो । सो सम्मेलनमा वेस्ट बङ्गाल सरकारले सहकार्य गरेको थियो । सरकारका तर्फबाट वेस्ट बङ्गालका विधायक तथा अभिनेता मदन मित्राले सम्पूर्ण डेल्फियनहरूलाई सत्कार गरेका थिए । नवरात्रीको समयमा वेस्ट बङ्गालमा हुने विशेष दुर्गा पूजाको विश्वव्यापी प्रवर्द्धन गर्ने उद्देश्यले तथा पर्यटन प्रवर्द्धनका लागि त्यहाँको राज्य सरकारले यो सम्मेलनको आयोजना सहकार्य गरेको थियो ।

अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलले विश्वभरि सांस्कृतिक र कलात्मक गतिविधिहरूलाई प्रवर्द्धन र संरक्षण गर्दछ। यसले कलासँग सम्बन्धित प्राचीन तथा नयाँ आयामका खेलहरूको प्रतियोगिताहरू आयोजना गर्नुका साथै चलचित्र, सङ्गीत तथा कलाका विभिन्न आयामहरूको खोजी र प्रवर्द्धनमा कार्य गर्दछ । डेल्फिक काउन्सिल नेपालसहित विभिन्न १५० भन्दा धेरै देशहरूमा सक्रिय छ ।