६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा प्रवेश



अ+ अ-

काठमाडौं । नेपालले विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा स्थान बनाएको छ ।

मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २–१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको हो ।

नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे । अन्जन विष्टको पासलाई सदुपयोग गर्दै मनिषले खेलको ५३ औं मिनेटमा गोल गरेका हुन् ।

यसअघि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।