२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप छनोट: नेपालको लाओसविरुद्ध महत्वपूर्ण खेल आज



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगमा आज नेपाल र लाओस प्रतिष्पर्धा गर्दैछन् ।

लाओसको राजधानी भ्येनट्यान स्थित लाओस राष्ट्रिय रंगशालामा हुन लागेको निर्णायक खेल नेपाली समय अनुसार साँझ ५:४५ बजेबाट सुरु हुनेछ ।

नेपालले गत बिहीबार घरेलु मैदान दशरथ रंगशालामा भएको पहिलो लेगमा १–१ को बराबरी खेलेको थियो । उक्त खेलमा अन्जन विष्टले दोस्रो हाफमा गोल गर्दै नेपाललाई संकटबाट बचाएका थिए । आजको खेलमा जित हासिल गर्ने टोलीले छनोटको दोस्रो चरणमा प्रवेश गर्ने छ। आजको खेल जितेमा नेपालले अर्को चरणमा बलियो प्रतिद्वन्दी संग प्रतिस्पर्धा गर्नेछ । त्यसैले नेपाली फुटबल टीमको लागि आजको खेल महत्वपूर्ण रहेको छ ।

यसपाली अवे गोलको नियम नरहेको हुँदा खेल बराबरी भएमा ३० मिनेटको समय थप गरिनेछ । त्यसले पनि खेलको निर्णय हुन नसके खेलको नतिजा पेनाल्टी सुटआउटबाट निस्कनेछ ।

यो पनि पढ्नुहोस्: विश्वकप छनोटमा ‘अवे गोल’ काउन्ट नहुने

नेपाली टोली:

गोलकिपर: किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डर: सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, अमृत श्रेष्ठ, एरिक विष्ट

मिडफिल्डर: सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, आशिष चौधरी

फरवार्ड: अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट