२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटमा ‘अवे गोल’ काउन्ट नहुने



अ+ अ-

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटमा ‘अवे गोल’को काउन्ट नहुने भएको छ । जस अनुसार नेपालले लाओसविरुद्ध विजयी हासिल गर्न स्पष्ट जितको आवश्यक छ ।

सामान्यत दुई लेग ढाँचामा खेलाईने खेलहरुमा ‘अवे गोल’ काउन्ट गरिन्छ । अवे गोलको नियम अनुसार दुई लेगमा बराबरी भएको खण्डमा जुन टोलीले सर्वाधिक गोल गरेको हुन्छ, त्यही टोली विजयी घोषित गरिन्छ । अवे गोल नियम रहेको खण्डमा नेपाल र लाओसबिचको खेल गोलरहित बराबरीमा सकिए लाओस विजेता हुने थियो ।

बिहिबार दशरथ रंगशालामा भएको पहिलो लेगमा नेपाल र लाओसले १–१ को बराबरी खेलेका थिए । जसमा लाओसले एक ‘अवे गोल’ गरेको थियो । खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका थिए । पछि अन्जन विष्टले दोस्रो हाफको सुरुवाती गोल गर्दै खेललाई बराबरी गरेका थिए ।

फिफाले यस पटकको विश्व कपका लागि छनोटमा ‘अवे गोल’को नियम हटाएको छ । त्यसैले अर्को खेल गोलरहित सकिएपनि नेपाल बाहिरिने छैन । दोस्रो खेल बराबरी भए ३० मिनेटको समय थप गरि खेलाईने छ । थप समयमा पनि बराबरी भएमा खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुनेछ ।

पहिलो चरणको विश्वकप छनोट दुई लेगको फम्र्याटमा खेलाइएको हो । जसअन्तर्गत नेपाल र लाओसबीचको दोस्रो लेगको खेल यही असोज ३० गते लाओसमा हुनेछ । सो खेलका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्नेछ । यस खेलको विजेता विश्वकप छनोटको दोस्रो चरणमा पुग्नेछ ।