काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ २७ पैसा तोकिएको छ । आजको अमेरिकी डलरको भाउ स्थिर भएको छ ।
त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ९९ पैसा तोकिएको छ। एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ९१ पैसा तोकिएको छ । आज युके पाउण्ड स्ट्रलिङ र मलेसिया रिंगिटको भाउ केही रुपयाँले बढेको हो ।
यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ । साउदी रियाल र कतारी रियालको आजको भाउ स्थिर रहेको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैयाँ ६५ पैसा तोकिएको छ । कुवेती दिनारको भाउ आज घटेको हो । बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १६ रुपैयाँ ३६ पैसा तोकिएको छ । आज बहराइन दिनारको भाउ स्थिर रहेको छ ।
कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६८ पैसा तोकिएको छ। जापानी यनको खरिददर १० रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९६ पैसा तोकिएको छ । कोरियन वनक भाउ आज केही रुपयाँले घटेको हो भने जापानी यनको भाउ मात्र केही पैसाले बढेको हो ।