२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्छः मन्त्री किराँती



file
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्ने बताउनुभएको छ ।

सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल तर्फको टर्मिनल भवनहरुमा राखिएका पसलहरु र बोर्डिङ पास कक्षको अनुगमन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले टर्मिनल भवनहरुमा राखिएका सामग्री र हवाई टिकटको भाडा बढी लिएको जनगुनसो बढेपछि अनुगमन गर्नुपरेको बताउनु भयो । उहाँले अुगमनका क्रममा सरकारले तोकेको भन्दा बढी भाडा नलिएको बताउनु भयो । उहाँले उडानमा ढिला नगर्न निर्देशन दिनुभयो । लो रेटका टिकटहरु कम र हाइ रेटका टिकटहरु बढी बेचेको पाएकाले अबबाट लो रेटमा टिकट बढी बेच्न निर्देशन दिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सामग्रीहरु बढी मूल्यमा बिक्री गरिन्छ र टिकटमा पनि धेरै भाडा लिइन्छ भन्ने व्यापक जनगुनासो आएपछि त्यसैले हामीले सबै सरोकारवालासँग छलफल गरेका थियौँ । त्यहाँ सबै विषयमा छलफल गर्दा सरकारले नै तोकिदिएको रेट भन्दा माथि जाने त कसैलाई अधिकार छैन तर लो रेट र हाइ रेटको बीचमा बढी डिमाण्ड भएको बेलामा चलखेल हुनसक्ने भएकाले हाइ रेटमा बढी बेच्नुभएछ । आजदेखि हामीले भनेका छौँ । तपाईहरुले लो रेटका टिकटहरु बढी बेच्नुहोस् र हाइ रेट घटाउनुस् भनेका छौँ । जनताले गरेका गुनसा अब नआउन् भनेको छु । बजारमा देखिएको भाडाको विसंगतिको हस्तक्षेप ध्वजावाहकले मात्रै गर्नसक्छ ।

प्रतिष्पर्धामा सेवा दिएर आफ्नै जहाज भएपछि नियन्त्रण हुन्छ । अर्थमन्त्री, उद्योगमन्त्री र प्रधानमन्त्रीसँग बसेर अहिलेको आर्थिक समृद्धिको ठूलो पाटो भनेको पर्यटन हो, पर्यटन नआइ समृद्धि सम्भव छैन, पर्यटक चाहिने हो भने जहाजमा के सुविधा दिनसक्छौँ । त्यो गर्नुपर्छ । त्यसबारेमा छलफल गर्नुपर्छ ।’

मन्त्री किराँतीले पर्यटन बिना नेपालको समृद्धि सम्भव नरहेको भन्दै पर्यटक बढी भित्र्याउन उडानमा सुविधान दिनुपर्ने बताउनु भयो ।




भर्खरै