२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्छः मन्त्री किराँती



file
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्ने बताउनुभएको छ ।

सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल तर्फको टर्मिनल भवनहरुमा राखिएका पसलहरु र बोर्डिङ पास कक्षको अनुगमन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले टर्मिनल भवनहरुमा राखिएका सामग्री र हवाई टिकटको भाडा बढी लिएको जनगुनसो बढेपछि अनुगमन गर्नुपरेको बताउनु भयो । उहाँले अुगमनका क्रममा सरकारले तोकेको भन्दा बढी भाडा नलिएको बताउनु भयो । उहाँले उडानमा ढिला नगर्न निर्देशन दिनुभयो । लो रेटका टिकटहरु कम र हाइ रेटका टिकटहरु बढी बेचेको पाएकाले अबबाट लो रेटमा टिकट बढी बेच्न निर्देशन दिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सामग्रीहरु बढी मूल्यमा बिक्री गरिन्छ र टिकटमा पनि धेरै भाडा लिइन्छ भन्ने व्यापक जनगुनासो आएपछि त्यसैले हामीले सबै सरोकारवालासँग छलफल गरेका थियौँ । त्यहाँ सबै विषयमा छलफल गर्दा सरकारले नै तोकिदिएको रेट भन्दा माथि जाने त कसैलाई अधिकार छैन तर लो रेट र हाइ रेटको बीचमा बढी डिमाण्ड भएको बेलामा चलखेल हुनसक्ने भएकाले हाइ रेटमा बढी बेच्नुभएछ । आजदेखि हामीले भनेका छौँ । तपाईहरुले लो रेटका टिकटहरु बढी बेच्नुहोस् र हाइ रेट घटाउनुस् भनेका छौँ । जनताले गरेका गुनसा अब नआउन् भनेको छु । बजारमा देखिएको भाडाको विसंगतिको हस्तक्षेप ध्वजावाहकले मात्रै गर्नसक्छ ।

प्रतिष्पर्धामा सेवा दिएर आफ्नै जहाज भएपछि नियन्त्रण हुन्छ । अर्थमन्त्री, उद्योगमन्त्री र प्रधानमन्त्रीसँग बसेर अहिलेको आर्थिक समृद्धिको ठूलो पाटो भनेको पर्यटन हो, पर्यटन नआइ समृद्धि सम्भव छैन, पर्यटक चाहिने हो भने जहाजमा के सुविधा दिनसक्छौँ । त्यो गर्नुपर्छ । त्यसबारेमा छलफल गर्नुपर्छ ।’

मन्त्री किराँतीले पर्यटन बिना नेपालको समृद्धि सम्भव नरहेको भन्दै पर्यटक बढी भित्र्याउन उडानमा सुविधान दिनुपर्ने बताउनु भयो ।