२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये ५ जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी गराएको बताउनु भयो । उहाँले मृतक अन्य ५ को भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने बताउनु भयो । उहाँले अज्ञात विपिन जोशीको भने खोजि भइरहेको बताउनु भयो । हराएका विद्यार्थीको बारेमा इजरायल र अन्य सरकारहरुसँग समन्वय गरेर खोजि भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले इजरायलको घटनाले मुलुक तरंगित भएको छ । १० जना सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुको इजरायलको एउटा बंकरमा रहँदा हत्या भएको छ । उनीहरुको निधन भएको छ । उनीहरुमध्ये केही मानिस घाइते भएका छन् । विपिन जोशी अज्ञात छन् । त्यसमध्ये ५ वटा शव भेरिफिकेशन भएर इजरायल सरकारले हामीलाई सुम्पिनका लागि नेपाल पठाउनका लागि तयार अवस्थामा राखिसकेको छ ।

बाँकी ५ शवको हकमा पनि भेरिफिकेशन भएपछि, मेडिकल प्रोसेस पूरा भएपछि नेपाललाई हस्तान्तरण गर्ने भनिएको छ । र हराएका विद्यार्थीको बारेमा पनि इजरायल सरकारसँग पनि र इजरायल बाहेकका अन्य खाडीका सरकारहरु जसको हमास समूहसँग सम्पर्क छ भन्ने गरिन्छ । उनीहरुसँग सम्पर्क गरेर हामीले समन्वय गरेर खोजि गर्ने काम सरकारले तिब्रतासँग गरिरहेको छ ।’

उहाँले सरकारले बेपत्ताको खोजि कार्यलाई तिब्र बनाएको बताउनु भयो ।