५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायल आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये ५ जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी गराएको बताउनु भयो । उहाँले मृतक अन्य ५ को भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने बताउनु भयो । उहाँले अज्ञात विपिन जोशीको भने खोजि भइरहेको बताउनु भयो । हराएका विद्यार्थीको बारेमा इजरायल र अन्य सरकारहरुसँग समन्वय गरेर खोजि भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले इजरायलको घटनाले मुलुक तरंगित भएको छ । १० जना सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुको इजरायलको एउटा बंकरमा रहँदा हत्या भएको छ । उनीहरुको निधन भएको छ । उनीहरुमध्ये केही मानिस घाइते भएका छन् । विपिन जोशी अज्ञात छन् । त्यसमध्ये ५ वटा शव भेरिफिकेशन भएर इजरायल सरकारले हामीलाई सुम्पिनका लागि नेपाल पठाउनका लागि तयार अवस्थामा राखिसकेको छ ।

बाँकी ५ शवको हकमा पनि भेरिफिकेशन भएपछि, मेडिकल प्रोसेस पूरा भएपछि नेपाललाई हस्तान्तरण गर्ने भनिएको छ । र हराएका विद्यार्थीको बारेमा पनि इजरायल सरकारसँग पनि र इजरायल बाहेकका अन्य खाडीका सरकारहरु जसको हमास समूहसँग सम्पर्क छ भन्ने गरिन्छ । उनीहरुसँग सम्पर्क गरेर हामीले समन्वय गरेर खोजि गर्ने काम सरकारले तिब्रतासँग गरिरहेको छ ।’

उहाँले सरकारले बेपत्ताको खोजि कार्यलाई तिब्र बनाएको बताउनु भयो ।




भर्खरै