३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह निर्वाचन मिति घोषणा गर्न सरकारमाथि युवा संघको दवाव जारी (भिडियो सहित)



अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन र तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दवाव दिँदै आएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा आवद्ध राष्ट्रिय युवा संघ नेपालले आईतबार पनि विरोध प्रर्दशन गरेको छ । 

कालो बेलुन सिंहदरवार छेउमा उडाएर राष्ट्रिय युवा संघ नेपालले सरकारलाई पेट्रालियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न र स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दवाव दिएको हो । संविधान विपरित स्थानीय तहलाई रिक्त बनाउने नियतका साथ सरकारले स्थानीय तहको निर्वाचनको मिति समेत घोषणा नगरेपछि त्यसको विरोधस्वरुप आज कालो बेलुन सिंहदरबार भित्र पुग्ने गरी उडाउने काम गर्नु परेको संघका निवर्तमान महासचिव रमेश आचार्यले जानकारी दिनु भयो ।

उहाँले संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढिकरणका लागि पनि स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दवाव दिने कामलाई तीव्रता दिइएको बताउनु भयो । निवर्तमान महासचिव आचार्यले भन्नु भयो, ‘२०७९ साल जेष्ठ ५ गते स्थानीय तह जनप्रतिनिधिबिहीन बन्दैछ । जेष्ठ अवधि सकिदैछ । तर यो सरकारले अहिलेसम्म स्थानीय तहको निर्वाचन घोषणा गर्ने सुरसार गरेको छैन । यो स्थानीय तहलाई रिक्त बनाउन खोज्नु भनेको संविधानलाई कुल्चनु हो । संविधानलाई च्यात्नु हो । लोकतन्त्रलाई धुजाधुजा बनाउनु हो । त्यसकारण संविधानको रक्षाका लागि, लोकतन्त्रको सुदृढिकरणका लागि हामीले स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्नुप¥यो भनेर आज कालो बेलुन उडाएका छौं ।’

प्रर्दशनका क्रममा युवा संघ, नेपालमा आवद्ध आधा दर्जन नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवा संघ, नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न र पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दवाव दिने भन्दै मन्त्रीहरुलाई कालो झण्डा देखाउनेलगायतका सडक प्रर्दशनको कामलाई निरन्तरता दिँदै आएको छ ।