२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डका स्टार अलराउन्डरको लाजमर्दो हर्कत, आफ्नो सबै रिस क्यामेरामा पोखे



अ+ अ-

एजेन्सी । इंग्ल्याण्डका स्टार अलराउन्डर साम करन गलत कारणले चर्चामा छन् । करनको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनी क्यामेराम्यानसँग दुर्व्यवहार गरेको देखिएका छन् ।

यो घटना दिल्लीको अरुण जेटली स्टेडियममा इङ्ल्यान्ड र अफगानिस्तानबीच भएको खेलमा भएको हो । इनिङ्सको ९ औं ओभर साम करन बलिङ गर्दै थिए । यस ओभरमा उनले दुई चौका र एक छक्का सहित कुल २० रन खर्चिए ।

ओभर सकिएपछि साम करान बाउन्ड्री लाइनमा फिल्डिङ गरिरहेका थिए । प्रसारणकर्ताको क्यामेराम्यानले त्यसपछि इंग्लिस अलराउन्डरमा ध्यान केन्द्रित गरे । साम करनले क्रोधित हुँदै क्यामेरा समातेर अर्को दिशामा घुमाए । करनले क्यामेराम्यानलाई फिल्डको नजिक नआउन संकेत समेत गरे ।

साम करनको यो कार्यको सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । इङ्ल्यान्डका अलराउन्डरको यो व्यवहारको निकै आलोचना भएको हो । अफगानिस्तानविरुद्ध पनि करनको प्रदर्शन खराब रह्यो । बायाँ हाते फास्ट बलरले ४ ओभरमा ४६ रन खर्चेर कुनै सफलता हासिल गर्न सकेनन् ।

साम करन मात्रै होइन, अफगानिस्तानविरुद्धको खेल सम्पूर्ण इङ्लिस टोलीका लागि निकै निराशाजनक रह्यो । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड टोली अफगानिस्तानसँग ६९ रनले पराजित हुन पुग्यो ।