६ आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओसविरुद्ध नेपालले आक्रामक खेल खेल्ने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले लाओसविरुद्ध नेपाल आक्रामक खेल खेल्ने रणनितिका साथ मैदान उत्रिने बताएका छन् ।

फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणको दोस्रो लेगअघिको पत्रकार सम्मेलनमा एनेसले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपालले भोलि मंगलबार लाओसविरुद्ध प्रारम्भिक चरणको दोस्रो लेग उसकै घरेलु मैदानमा खेल्दैछ ।

‘यहाँ आउन पाउँदा खुसी लाग्यो । पहिलो खेलमा लाओसले धेरै सयम खेर फालेको थियो । रेफ्रीको निर्णय पनि हाम्रो पक्षमा थिएन । तर हामीले उनीहरुलाई मात्र दोस दिन मिल्दैन पहिलो खेल निकै खराब थियो । यसबाट पाठ सिक्दै हामीले आफैमा ध्यान केन्द्रित गर्न आवश्यक छ,’ उनले भने ।

सो खेल नेपाल र आफ्नो लागि पनि निकै महत्वपूर्ण रहेको बताउँदै उनले अगाडि भने ‘यदि हामीले अगाडि बढ्ने हो भने हामीले जित्नुपर्छ र यो गाह्रो छ तर हामी तयार छौं । हामी आक्रामक फुटबल खेल्नेछौं । लाओस पनि आक्रमक हुनेछ । म तिनीहरूलाई सम्मान गर्छु, तर हामीले भोलि सकारात्मक दृष्टिकोण राख्नुपर्छ ।’

नेपालले गत बिहीबार घरेलु मैदान दशरथ रंगशालामा भएको पहिलो लेगमा १–१ को बराबरी खेलेको थियो ।