२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटः अफगानिस्तानले इंग्ल्याण्डलाई दियो २८५ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अफगास्तिान र इंग्ल्याण्डबीचको खेल दिल्लीस्थित अरुण जेटली क्रिकेट मैदानमा भइरहेको छ ।

लिग चरणको खेलमा अफगानिस्तानले इंग्ल्याण्डलाई २८५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले ४९.५ ओभरमा अलआउट हुँदै २८४ रन जोड्यो ।

उसका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ८० रनको योगदान दिए । मात्र ५७ बल खेलेका उनले ८ चौका र ४ चौका प्रहार गरे । यस्तै, इक्राम अलिखिलले पनि ६६ बलमा ५८ रनको अर्धशतकीय पारी खेले । इब्राहिम जद्रान र मुजीब उर रहमानले २८/२८ रन जोडे । यस्तै, राशिद खानले २३, अजमतुल्लाह ओमारजाईले १९, हशमतुल्लाह शाहिदीले १४ रन जोडे ।

बलिङतर्फ इंग्ल्याण्डका लागि आदिल राशिदले ३ विकेट लिँदा मार्क वुडले २ तथा जोए रुट, लियाम लिभिङ्स्टन र रिस टोपलेले १–१ सफलता हात पारे ।