३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने

सोमबार नेप्से परिसूचक ३७.५८ अंकले ओरालो, रू. ६ अर्ब ७६ करोड माथिको कारोबार

सोमबार नेप्से परिसूचक ३७.५८ अंकले ओरालो, रू. ६ अर्ब ७६ करोड माथिको कारोबार
अ+ अ-

काठमाडौं । सोमबार नेप्से परिसूचक ३७.५८ अंक घटेर बजार २ हजार ६६१.९३ विन्दुमा पुगेर बन्द भएको छ । यो दिन १.३९ प्रतिशत घटेको हो । यो दिन सेन्सेटिभ इन्डेक्स पनि ७.०६ अंक घटेर ४७९.१० विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सेन्सेटिभ इन्डेक्स १.४५ प्रतिशत घटेको हो ।

साताको पहिलो कारोबार दिन ओरालो लागेको शेयर बजार दोस्रो दिन सोमबार पनि घटेर बन्द भएको हो । अघिल्लो कारोबार दिनको तुलनामा सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार रू. ८ अर्ब ८० करोड १८ लाख ३ हजार बराबरको १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर कारोबार भएकोमा सोमबार रू. ६ अर्ब ७६ करोड ६८ लाख १ हजार बराबरको १ करोड ४२ लाख ७६८ कित्ता शेयर कारोबार भएको हो । यो कारोबार २१३ ओटा कम्पनीको ७३ हजार ५८२ पटकको व्यापारमा भएको हो ।

सोमबार जलविद्युत् र वित्त समूहका लगानीकर्ताहरुले कमाएका छन् । यो दिन कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये वित्त समूहको ०.४८ प्रतिशत र जलविद्युत् समूहको ०.१२ प्रतिशत बढेको हो । यो दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६.१७ प्रतिशत घटेको छ । 

त्यस्तै व्यापारिक समूहको २.९ प्रतिशत, बैंकिङ्को १.८६ प्रतिशत, विकास बैंकको १.९४ प्रतिशत, निर्जीवन बीमाको १.७७ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.७४ प्रतिशत, अन्यको १.३२ प्रतिशत, लघुवित्तको १.१८ प्रतिशत, जीवन बीमाको ०.७५ प्रतिशत, म्युचुअल फण्डको ०.६५ प्रतिशत र लगानी समूहको ०.५७ प्रतिशत परिसूचक घटेको छ ।

सोमबारको कारोबारमा ज्योति लाईफ इन्स्योरेन्स र महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ भने चन्द्रागिरी हिल्स लिमिटेडको सर्वाधिक घटेको छ । ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्य ९.९८ प्रतिशत र महिला लघुवित्तको शेयरमूल्य ९.९४ प्रतिशत बढेको हो । उक्त कम्पनीको प्रतिकित्ता रू. ६२ ले बढेर अन्तिम मूल्य रू. ६८३ पुगेको छ भने महिला लघुवित्तको प्रतिकित्ता रू. १३२ ले बढेर अन्तिम मूल्य रू. १ हजार ४६० पुगेको छ । 

सोमबार चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको चन्द्रागिरी हिल्सको शेयरमूल्यमा भने ९.८० प्रतिशत गिरावट आएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३६ ले घटेर रू. २ हजार १७३ मा झरेको हो । कम्पनी चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १८ करोड ११ लाख २० हजार खुद नोक्सानीमा रहेको छ । गत वर्षको तुलनामा यस वर्ष खुद नोक्सानी बढेको छ । 

गत वर्ष यो अवधिसम्म कम्पनी रू. २ करोड १८ लाख ८ हजार नोक्सानीमा रहेको थियो । खुद नोक्सानी बढेको त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएसँगै कम्पनीको शेयर विक्री चाप बढेकाले मूल्यमा असर परेको हो । 

यसदिन नागरिक लगानी कोषको सबैभन्दा बढी रकमको शेयर खरीदविक्री भएको छ । कोषको रू. २८ करोड ३४ लाख ४७ हजार बराबरको ७१ हजार ४४ कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य भने २.९४ प्रतिशत घटेको छ । प्रतिकित्ता रू. १२१ ले घटेर नागरिक लगानी कोषको शेयरमूल्य रू. ३ हजार ९९४ कायम भएको हो ।