७ भाद्र २०८३, आईतवार
,
Latest
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय विश्वकपः इंग्ल्याण्ड र अफगानिस्तान भिड्दै



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ मा आज इंग्ल्याण्ड र अफगानिस्तानबीच खेल हुँदैछ । दुई टोलीबीचको खेल दिउँसो सवा २ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ । टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः४५ बजे हुनेछ ।

विश्वकपमा दुवै टोलीको यो तेस्रो खेल हुनेछ । साविक विजेता इंग्ल्याण्ड पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई पराजित गरेको थियो । अर्कोतर्फ अफगानिस्तानले भने बंगलादेश र भारतसँगको दुवै खेलमा हार बेहोर्यो ।

हेड टु हेडः
समग्रमा हेड टु हेडको कुरा गर्ने हो भने इङ्ल्यान्ड र अफगानिस्तानबीच हालसम्म जम्मा २ ओडीआई खेलिएको छ । दुवै खेलमा इंग्ल्याण्डले जित हात पारेको थियो । दुवै खेल सन् २०१५ र २०१९ को विश्वकपमा खेलिएका थिए । यसबाहेक दुई टोलीबीच कुनै एकदिवसीय खेल भएको छैन ।

यो वर्षको विश्वकपमा इंग्ल्याण्डका लागि जो रुटले सर्वाधिक रन बनाएका छन् । उनको नाममा १५० रन छ । बलरहरु मध्ये रिस टोपलीले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले २ खेलमा ४ विकेट लिएका छन् ।

अफगानिस्तानका लागि राशिद खानले विश्वकपमा सर्वाधिक २ विकेट लिएका छन् । टोलीका कप्तान हशमतुल्लाह शाहिदीले सर्वाधिक ९८ रन बनाएका छन् ।

कस्तो छ पिच ?
यस मैदानमा अहिलेसम्म २८ ओडिआई खेलिएको छ । पहिले ब्याटिङ गर्ने टोलीले १३ खेल जितेको छ भने लक्ष्य पछ्याउने टोलीले १४ खेल जितेको छ । एक खेलको नतिजा भने टुंगो लाग्न सकेको छैन ।

यहाँ सर्वाधिक रन चेज गर्ने कीर्तिमान टीम इन्डियाको नाममा छ । सन् १९८२ मा भारतले श्रीलंकाविरुद्ध २७८ रन बनाएर जितेको थियो । यहाँ विकेट सुस्त छ, तर दक्षिण अफ्रिका र श्रीलंकाबीचको अन्तिम खेलमा दुवै टोलीले करिब ८०० रन बनाएका थिए । यसपटक पनि विकेटले ब्याटिङ मैत्री हुने र टस जित्ने टोलीले पहिले ब्याटिङलाई महत्व दिने विश्वास गरिएको छ ।

कस्तो छ मौसम ?
आज दिल्लीमा वर्षा हुने सम्भावना मात्र २५ प्रतिशत छ । तापमान २३ देखि ३५ डिग्री सेल्सियस सम्म हुन सक्छ ।

दुबै टोलीका सम्भावित सुरुवाती – ११
इंग्ल्याण्डः जोस बटलर (कप्तान र विकेटकीपर), जोनी बेयरस्टो, डेभिड मलान, जो रुट, ह्यारी ब्रुक, लियाम लिभिङ्स्टन, मोइन अली, साम कुरान, रीस टोपले, आदिल रशिद र मार्क वुड ।

अफगानिस्तानः हशमतुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकिपर), इब्राहिम जद्रान, रहमत शाह, मोहम्मद नाबी, नजिबुल्लाह जद्रान, अजमातुल्लाह ओमरजाई, राशिद खान, मुजीब उर रहमान, नवीन–उल९हक र फजलहक फारुकी ।