१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोभिडबाट मृत्यु हुने पाँच लाख बढी



अ+ अ-

नयाँदिल्ली । कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या शनिबार पाँच लाख १ हजार ११४ जना पुगेको हो ।

सो मन्त्रालयले शनिबार यहाँ कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएको पनि बताएको छ । यहाँ केही हप्ता यता संक्रमणको संख्यामा कमी आए पनि मृत्यु भने घटेको छैन ।  शनिबार मात्र त्यो भन्दा अघिको २४ घन्टामा १ लाख २७ हजार जनामा कोभिडको संक्रमण पाइएको पनि सो समाचरमा जनाइएको छ ।

यहाँका अधिकारीहरुले अहिलेसम्म भारतमा कोभिड १९ बाट ४ करोड २० हजारभन्दा बढी मानिस संक्रमित भएका थिए ।भारतमा पछिल्ला समयमा ओमिक्रोनको संक्रमण बढेको हो । तर यहाँ यसअघिको दोस्रो वेभमा डेल्टा भाइरसको संक्रमणका समयमा भन्दा बढी खतरनाक अवस्था भने रहेको छैन । (रासस-सिन्ह्वा)