२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज विश्वकपमा भारत र पाकिस्तान भिड्दै, यस्तो छ दुबै टिमको लेखाजोखा



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप २०२३ को १२ औं खेल शनिबार भारत र पाकिस्तानबीच हुँदैछ । विश्वकपको यो हाई भोल्टेज खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । यो खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ, जबकि टस त्यसको आधा घण्टा अगाडि अर्थात् दिउँसो १ः४५ बजे हुनेछ ।

यसैबीच, आईसीसीले यो खेलको लागि निकै तयारी गरेको छ भने खेलअघि मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको छ । यस कार्यक्रममा अरिजित सिंह, सुखविन्दर सिंह र शंकर महादेवनले आफ्नो स्वरको जादू फैलाउनेछन् ।

यो खेललाई लिएर फ्यानहरुमा निकै उत्सुकता छ र उनीहरु उत्सुकताका साथ पर्खिरहेका छन् । खेलका सबै टिकट बिक्री भइसकेका छन् र अहमदाबादको कुनै पनि होटलमा ठाउँ बाँकी छैन । दुई महिनाभित्र भारत र पाकिस्तानबीचको यो तेस्रो खेल हुनेछ ।

यसअघि गत महिना सम्पन्न एसिया कपमा दुवै टोली आमनेसामने भएका थिए । दुई टोलीबीच सेप्टेम्बर २ मा पल्लेकेलेमा भएको एसिया कपको समूह चरणको खेल निष्कर्षविहीन भएको थियो । यस्तै, सेप्टेम्बर १० मा सुपर फोरमा भारत र पाकिस्तानका टोली आमनेसामने भएका छन् ।

यद्यपि, परिस्थितिहरू पूर्ण रूपमा फरक हुनेछ । विश्वकपमा फरक किसिमको दबाब हुनेछ । भारतलाई घरेलु भूमिमा राम्रो प्रदर्शन गर्ने दबाब रहने छ भने एक लाखभन्दा बढी भारतीय दर्शकको कोलाहलमा पाकिस्तानलाई आफूलाई प्रमाणित गर्न दबाब हुनेछ । यद्यपि, यस खेलमा टीम इन्डियाको अग्रता रहनेछ, किनभने भारतले एकदिवसीय विश्वकपमा पाकिस्तानलाई लगातार सात पटक पराजित गरेको छ । टीम इन्डिया आठौं पटक जित्ने प्रयास गर्नेछ ।

दुवै टोली सन् १९९२ देखि विश्वकपमा आमनेसामने हुँदै आएका छन् । सन् १९९२ को विश्वकपमा भारतीय टोलीले ४३ रनले, १९९६ को विश्वकपमा ३९ रनले, १९९९ को विश्वकपमा ४७ रनले, २००३ को विश्वकपमा ६ विकेटले, २०११ को विश्वकपमा २९ रनले, २०१५ को विश्वकपमा ७६ रनले र २०१९ को विश्वकपमा ८९ रनले विजयी भएको थियो ।

अहिलेसम्म एकदिवसीय क्रिकेटमा दुवै टोली जम्मा १३४ पटक आमनेसामने भएका छन् । जसमध्ये भारतले ५६ र पाकिस्तानले ७३ खेल जितेको छ । पाँच खेलमा नतिजा आएको छैन । दुई टोलीबीच भारतको भूमिमा कुल ३० ओडिआई खेलिएको छ । जसमध्ये भारतले ११ र पाकिस्तानले १९ खेल जितेको छ ।

आईसीसी एकदिवसीय प्रतियोगिता अर्थात विश्वकप र च्याम्पियन्स ट्रफीमा दुवै टोलीको कीर्तिमानको कुरा गर्ने हो भने कुल १२ खेल खेलेका छन् । जसमध्ये भारतले नौ र पाकिस्तानले तीन खेल जितेको छ । पाकिस्तानले च्याम्पियन्स ट्रफीमा यी तीनवटै जित (२००४, २००९ र २०१७) जितेको छ ।

त्यसैगरी, यदि टी–२०ढाँचालाई पनि यसमा समावेश गर्ने हो भने, आईसीसी टूर्नामेंट टी–२० विश्वकप र च्याम्पियन्स ट्रफीको १९ खेलहरू मध्ये भारतले १५ र पाकिस्तानले ४ खेल जितेको छ । सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई हराएको थियो ।

एकदिवसीय र टी–२० विश्वकपमा भारत र पाकिस्तान जम्मा १४ पटक आमनेसामने भएका छन् । टीम इन्डियाको यसमा १३–१ को कीर्तिमान छ । अर्थात् भारतले १३ खेल जितेको छ भने पाकिस्तानले (२०२१ टी–२० विश्वकप) एक खेल जितेको छ ।

पहिलेजस्तै भारतसँग कप्तान रोहित शर्मा र विराट कोहलीको साथ हुनेछ भने पाकिस्तानसँग हरिस रउफ जस्ता बलर हुनेछन् जसले शाहिन अफ्रिदीलाई साथ दिनेछन् जसले १५० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् । यसबाहेक हसन अलीको भिन्नताले पनि समस्या निम्त्याउन सक्छ । शनिबार हुने यो खेलमा भारतका स्टार ब्याट्सम्यान र पाकिस्तानका घातक फास्ट बलरहरु बिच रोमाञ्चक भिडन्त हुनेछ ।

एसिया कपमा कोलम्बोमा भएको सुपर राउण्डमा भारत र पाकिस्तानले अन्तिम पटक एकअर्कासँग खेलेका थिए, जहाँ विराट कोहली र केएल राहुलले उत्कृष्ट शतक प्रहार गर्दै टीम इन्डियालाई जित दिलाएका थिए । पाकिस्तानविरुद्धको खेल जस्तोसुकै होस्, विराट कोहली विशेष तयारीमा आउँछन् ।

विराटले पाकिस्तानी बलरको सामना गर्नु परेमा आफ्नो उत्कृष्ट ब्याटिङ देखाउनुपर्ने बताएका छन् । पाकिस्तानविरुद्ध खेलेका पछिल्लो पाँच खेलमा विराटले ३५, ६०, ८२ (तीनवटै टी–२०), ४ र १२२ नटआउट रनको इनिङ खेलेका छन् । शनिबार पनि उनी आफ्नो ब्याटले पाकिस्तानी बलरलाई चुट्न चाहन्छन् ।

अहमदाबादको अवस्थालाई ध्यानमा राख्दै रोहितले शनिबार जसप्रित बुमराह, मोहम्मद सिराज र हार्दिक पाण्ड्याको रूपमा तीन तेज बलरलाई मौका दिन सक्छन् । रविन्द्र जडेजा र कुलदीप यादव स्पिनरको रुपमा खेल्ने निश्चित छन् । जडेजाले पनि सात नम्बरमा ब्याटिङ गर्न सक्छन् । योसँगै कुलदीपले यो वर्ष १९ ओडीआईमा सर्वाधिक ३६ विकेट लिएका छन् भने जडेजाले १७ ओडिआईमा १८ विकेट लिएका छन् ।

अर्कोतर्फ शाहिन, रउफ र हसनबाट पाकिस्तानले ठूलो अपेक्षा गर्नेछ । तीनै जनाले यो वर्ष एकदिवसीयमा कुल ६१ विकेट लिएका छन् । रउफले १५ ओडिआईमा सर्वाधिक २९ विकेट लिएका छन् भने शाहीनले १४ ओडिआईमा २६ विकेट र हसनले दुई ओडिआईमा ६ विकेट लिएका छन् । तर, पाकिस्तानको समस्या ब्याटिङ र स्पिन बलिङ हो ।

यो वर्ष मोहम्मद रिजवान (८२७ रन), बाबर आजम (७६० रन) र फखर जमान (६५६ रन) बाहेक कुनै पनि ब्याट्सम्यानले विशेष रन बनाउन सकेनन् । यद्यपि, फखर पछिल्ला केही खेलहरूमा खराब लयमा छन्, जबकि इमाम उल हकको ब्याट फर्ममा छैन । अब्दुल्लाह शफिकले श्रीलंका विरुद्ध शतक प्रहार गरेकाले पक्कै पनि पाकिस्तानी टिम व्यवस्थापनले फखर वा इमाम मध्येबाट छान्ने चुनौतीको सामना गर्नुपर्नेछ ।

यसै क्रममा मिडल अर्डरमा रहेका रिजवानले श्रीलंकाविरुद्ध शतक बनाएर फर्ममा फर्किने संकेत देखाए पनि भारतविरुद्ध भने उनीमाथि फरक दबाब रहनेछ । बाबर लामो समयदेखि फर्मबाट बाहिर छन् । टोलीले पक्कै पनि साउद शकीलमा राम्रो ब्याट्सम्यान पाएको छ, तर भारतसँगको यो पहिलो खेल हुनेछ । भारतीय तेज बलरहरूले यसको फाइदा उठाउन आवश्यक छ ।

भारतले ६ वर्षदेखि पाकिस्तानसँग एकदिवसीयमा हारेको छैन । यो पछिल्लो पटक २०१७ च्याम्पियन्स ट्रफीको फाइनलमा पराजित भएको थियो । त्यसपछि भारतले पाकिस्तानलाई दुई पटक एसिया कप २०१८ मा, एक पटक विश्वकप २०१९ र एक पटक एसिया कप २०२३ मा पराजित गरेको छ । एक खेल अनिर्णित रह्यो ।

पछिल्लो १२ खेलको कुरा गर्ने हो भने भारतले ८ खेल जितेको छ । पाकिस्तानले तीन खेल जितेको छ भने एक खेल अनिर्णित रह्यो । दुवै टोली भारतमा कुल ३० पटक आमनेसामने भएका छन् । जसमध्ये भारतले ११ खेल जितेको छ भने पाकिस्तानले १९ खेल जितेको छ ।