२३ श्रावण २०८३, शनिबार
,
Latest
संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता ‘प्राकृतिक, ऐतिहासिक र शाहसिक पर्यटनको संगम बन्दै मकवानपुरको बुढीचौर’ दश वर्षीय छोरासहित मेची-महाकाली साइकल यात्रा ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी ह्वाइट हाउसमा बालरुम बनाउने ट्रम्पको ४० करोड डलरको परियोजनामाथि अमेरिकी अदालतको रोक दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते सर्वोच्चको आदेशले वैशाख ४ को फैसला उल्ट्याएको छैन, हामी तथ्यसहित उपस्थित हुन्छौँः उपसभापति शर्मा यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छ: प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको मति यस्तै रहे देश ठूलो संकटमा फस्छ: सांसद गौतम



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको गति र मति यस्तै रहेमा देश ठूलो संकटमा फस्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले वर्तमान गठबन्धन सरकारले स्थिरता, समृद्धि दिएर आम नागरिकको निराशालाई चिरोस् भन्ने अपेक्षा गरेपनि त्यसो हुन नसकेको बताउनु भयो ।

उहाँले देशमा भ्रष्टाचार र अराजकता व्याप्त भएको बताउनु भयो । उहाँले जनतामा निराशा पैदा भएको बताउनु भयो । देशको विकास निर्माणको काम पनि ठप्प भएको बताउनु भयो । सांसद गौतमले सरकारको गति र मति यस्तै रहेमा देशमा लोकतन्त्र नरहने र संविधानमा संकट आउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भ्रष्टाचार व्याप्त छ । जताततै अराजकता छ । के भइरहेको छ, थाहा छैन । के गर्दै छौँ थाहा छैन । कसरी जाँदैछौँ थाहा छैन । यसले साह्रै ठुलो निराशा पैदा भएको छ । देशको विकास निर्माणको गति पनि ठप्प भएको छ । राष्ट्रिय गौरवका आयोजना अस्तव्यस्त परिस्थितिमा बसेका छन् । मंहगि छ । सरकारलाई यि सबै कुराको हेक्का रहोस् भन्न चाहान्छु । यही गति र यही मतिमा हिँड्ने हो भने यो लोकतन्त्र पनि रहदैन । संविधानमा पनि संकट आउँछ । देश ठुलो संकटमा फस्छ । आम जनतामा छाएको निराशालाई हामीले आशामा परिवर्तन गर्न सकेनौँ भने यसको परिणाम राम्रो हुँदैन । हामीले विधिको शासन पनि स्थापित गर्न सकेका छैनौँ । न्याय हरायो भने के गर्ने ? न्याय हरायो भने बर्बाद होला नि ।’

उहाँले देशमा विधिको शासन स्थापित गर्न नसकेर न्याय हराउँदै गइरहेको बताउनु भयो ।