२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको मति यस्तै रहे देश ठूलो संकटमा फस्छ: सांसद गौतम



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको गति र मति यस्तै रहेमा देश ठूलो संकटमा फस्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले वर्तमान गठबन्धन सरकारले स्थिरता, समृद्धि दिएर आम नागरिकको निराशालाई चिरोस् भन्ने अपेक्षा गरेपनि त्यसो हुन नसकेको बताउनु भयो ।

उहाँले देशमा भ्रष्टाचार र अराजकता व्याप्त भएको बताउनु भयो । उहाँले जनतामा निराशा पैदा भएको बताउनु भयो । देशको विकास निर्माणको काम पनि ठप्प भएको बताउनु भयो । सांसद गौतमले सरकारको गति र मति यस्तै रहेमा देशमा लोकतन्त्र नरहने र संविधानमा संकट आउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भ्रष्टाचार व्याप्त छ । जताततै अराजकता छ । के भइरहेको छ, थाहा छैन । के गर्दै छौँ थाहा छैन । कसरी जाँदैछौँ थाहा छैन । यसले साह्रै ठुलो निराशा पैदा भएको छ । देशको विकास निर्माणको गति पनि ठप्प भएको छ । राष्ट्रिय गौरवका आयोजना अस्तव्यस्त परिस्थितिमा बसेका छन् । मंहगि छ । सरकारलाई यि सबै कुराको हेक्का रहोस् भन्न चाहान्छु । यही गति र यही मतिमा हिँड्ने हो भने यो लोकतन्त्र पनि रहदैन । संविधानमा पनि संकट आउँछ । देश ठुलो संकटमा फस्छ । आम जनतामा छाएको निराशालाई हामीले आशामा परिवर्तन गर्न सकेनौँ भने यसको परिणाम राम्रो हुँदैन । हामीले विधिको शासन पनि स्थापित गर्न सकेका छैनौँ । न्याय हरायो भने के गर्ने ? न्याय हरायो भने बर्बाद होला नि ।’

उहाँले देशमा विधिको शासन स्थापित गर्न नसकेर न्याय हराउँदै गइरहेको बताउनु भयो ।