२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिऔँ: प्रमुख सचेतक पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अर्थतन्त्रलाई गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक पाण्डेले देशको आर्थिक अवस्थालाई अझ गतिशील बनाउनुपर्ने बताउनुभएको छ । उहाँले अर्थतन्त्रलाई गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले प्राकृतिक स्रोत, साधनहरुको सदुपयोगमा पनि ध्यान दिनुपर्ने बताउनु भयो । त्यस्तै उहाँले संघीयताको कार्यान्वयनका लागि तिनै तहका सरकारका बिचमा समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । यसको निम्ति संघीय सरकारले पहलकदमी लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘देशको आर्थिक जो अवस्था छ, त्यसलाई अझ गतिशील बनाउनुपर्ने छ । अर्थतन्त्रलाई गतिशील बनाउनको लागि हामीले उत्पादन वृद्धिमा नै जोड गर्नुपर्ने हो । हाम्रा प्राकृतिक स्रोत, साधनहरुको सदुपयोगमा नै हामीले ध्यान दिनुपर्ने हो । सरकार यतातर्फ विशेष रुपमा लागोस् । संघीयताको दृढ कार्यान्वयनका लागि तिनवटै सरकारका बिच समन्वय, सहकार्य आवश्यक छ । यसका लागि संघीय सरकारको पहलकदमी आवश्यक छ । यसमा संघीय संसदको पनि भुमिका छ । कानून निर्माण लगायतका विषयवस्तुमा हामी सबैले आत्मसमिक्षा गर्दै अगाडी बढौँ ।’

उहाँले संघीयताको कार्यान्वयनमा संघीय संसदको पनि भुमिका हुने भन्दै आवश्यक कानून निर्माणका विषयमा आत्मसमिक्षा गर्नुपर्ने बताउनु भयो ।