• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल ★   जसपाका मन्त्रीको शपथ ६ बजे ★   अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको सम्पूर्ण तयारी पूरा ★   उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट ★   ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” ★   क्यान कार्यसमितिमा रहेकाले अम्पायरिङ तथा प्रशिक्षण गर्न नपाउने भन्दै अख्तियारमा उजुरी ★   सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु

राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन



काठमाडौँ । राष्ट्रिय सभाले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । समिति सदस्यहरुमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुल प्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा पार्वती रहनुभएको छ । त्यसैगरी भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा र मोहम्मद खालिद पनि सदस्य रहनुभएको छ । त्यस्तै डा. विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि मस्यौदा समितिमा रहनुभएको छ ।

मस्यौदा समितिले राष्ट्रिय सभा र समितिमा सुव्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रिय सभा नियमावली २०७५ मा रहेका सभा तथा समिति सञ्चालनका सन्दर्भमा देखापरेको कठिनाइहरु पहिचान गरि नियमावलीमा संशोधन मस्यौदा तयार गरी सभामा पेश जनाइएको छ । समितिले सदस्यहरु मध्येबाट एकजना सभापति चयन गर्ने तथा समिति आफैँले कार्यविधि बनाउने बताइएको छ । सो मस्यौदा समितिलाई पुष १४ गते सम्मको कार्यावधि दिइएको छ ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकि सभापति दिलकुमारी रावल थापा पार्वतीले राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन २०७९/८० पेश गर्नुभएको छ ।