• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

इजरायल होस् या अफगानिस्तानदेखि नेपालीको उद्धार गर्ने सिनियर क्याप्टेन ‘रिजाल दाजुभाई’



काठमाण्डौ । इजरायलको राजधानी तेल अविवदेखि होस् या अफगानिस्तानको राजधानी कावुलमा अलगअलग समयमा भएका छुट्टाछुट्टै आतंककारी हमलामा मृत्यु र घाइते भएका नेपालीलाई उद्धार गर्ने काममा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन पाइलट ‘रिजाल दाजुभाई’को चर्चा हुने गरेको छ ।

उद्धार कार्यमा दाई सिनियर क्याप्टेन पाइलट सुवाश रिजाल र भाई श्रवण रिजालको योगदान अतुलनीय पनि रहेको नेपाल वायुसेवाको भनाई छ । आफ्नो विमान उडानको समय सकिएता पनि या ‘ड्युटी अफ्’ अर्थात विदा भएपनि रिजाल दाजुभाई उद्धार कार्यमा सँधै अघि सर्दै आएका छन् ।

कोभिड—१९ संक्रमणताका पनि पिपिई लगाएर सिनियर क्याप्टेन दाजुभाई सुवाश र श्रवण रिजालले संगसंगै नेपाल वायुसेवाको चार्टर्ड फ्लाइट उडाएर स्विटजरल्याण्डदेखि चीन र हंगकङ्गदेखि कोरोना विरुद्धको औषधि ल्याउने काम गरेका थिए ।

‘देश र देशवासीको लागि केही गरौं’ भन्ने भावना भएका उनीहरु कुनै राजनैतिक दलसंग आवद्ध नभएको कारण सरकारले उनीहरुलाई यथोचित कदर गरेको भने पाइँदैन ।

अपवादको रुपमा एकै परिवारका बाबु सिनीयर क्याप्टेन गंगाप्रसाद रिजाल र तीन छोरा क्याप्टेन पाइलटहरु सुवाश, सुदिप र श्रवण एकताका शाही नेपाल वायुसेवा निगमको बोइङ्ग ७७७ विमान उडाउँथे । बाबु गंगा र तीनजना छोरा सुवाश, सुदिप र श्रवण गरि चारै जनाले विमान उडाएर असी हजारभन्दा बढी घण्टा आकाशमा बिताईसकेका छन् ।

असोज २० गते प्यालेस्टाइनी हमलाबाट इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो भने केही घाइते भए । सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विषय पढेर ‘लर्न एण्ड अर्न’ अर्थात पढाई र कमाई संगसंगै कार्यक्रम अन्र्तगत गएको भदौमा मात्रै नेपाली विद्यार्थी इजरायल पुगेका थिए ।

पराराष्ट्र मन्त्री एनपि साउदसहित इजरायल गएको सरकारी उद्धार टोलीले घाइतेहरु साथै स्वदेश फर्किन चाहने नेपालीमध्ये पहिलो चरणमा २५४ जनालाई ६ दिनपछि शुक्रबार एकाविहानै सकुशल नेपाल फिर्ता ल्याएको थियो ।

उनीहरुलाई लिन नेपाल सरकारले चार्टर्ड गरेको नेपाल वायुसेवाको ए३३० एयरबस लिएर नेपाल वायुसेवा निगमको अपरेशन विभागका निर्देशक सिनियर क्याप्टेन श्रवण रिजालको नेतृत्वमा विमान चालक र चालक दलका सदस्य इजरायल गएका थिए ।

काठमाण्डौबाट दुबई हुँदै इजरायलको तेल अविवमा विहीबार पुगेर सो विमान २५४ जना नेपालीको उद्धार गरि पुन: दुबई हुँदै शुक्रबार एकाविहानै काठमाण्डौको त्रिभुवन विमानस्थलमा उत्रेको थियो ।

तेल अविवदेखि दुबईसम्म तिनै अपरेशन विभागका निर्देशक, सिनियर क्याप्टेन रिजालले ए३३० एयरबस चलाएका थिए भने दुवईदेखि काठमाण्डौसम्मको यात्रा अर्का सिनियर क्याप्टेन सञ्जय पौडेल र रमण घिमिरेको टोलीले ।

काठमाण्डौदेखि विहीबार एकाविहान २ बजे दुबई हुँदै इजरायलको तेल अविवसम्म र तेल अविवदेखि पुन: दुबईसम्म ए ३३० एयरबसको लामो समय उडानको थकानपछि वरिष्ठ क्याप्टेन रिजाल दुबईमा आराम गर्न बसेपछि अर्का क्याप्टेन पौडेल र घिमीरेले नेपाल ल्याएका थिए ।

त्यसो त २०७३ साल असारमा अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी संगठन तालिवानले बम आक्रमण गरि काबुलस्थित क्यानेडियन राजदूतावासमा सुरक्षासम्वन्धि काम गर्दै आएका १२ जना नेपालीको ज्यान लिएका थिए भने अरु ७ जना नेपाली घाइते भएका थिए ।

ती १२ नेपालीको शव र ७ जना घाइते सहित २४ नेपालीको उद्धारको लागि त्यतिखेर पनि नेपाल वायुसेवा निगमको ए३३० एयरबसका सिनियर क्याप्टेन रिजाल दाजुभाई सुवाश र श्रवण रिजाल काबुल गएका थिए ।

अहिलेपनि सिनियर क्याप्टेन रिजाल दाजुभाई अहिलेपनि नेपाल वायुसेवाको एयरबस ए३३० चलाउँदै आएका छन् । दुईपटक अपरेशन विभागको निर्देशक भईसकेका सिनियर क्याप्टेन सुवाश रिजालले अहिले नेपाल वायुसेवाको कुनै विभागको जिम्मेवारी नलिएतापनि नयाँ पाइलटहरुलाई प्रशिक्षण दिने र एयरबस ए३३० उडाउने काम गर्दै आएका छन् ।