४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

इजरायल होस् या अफगानिस्तानदेखि नेपालीको उद्धार गर्ने सिनियर क्याप्टेन ‘रिजाल दाजुभाई’

इजरायल होस् या अफगानिस्तानदेखि नेपालीको उद्धार गर्ने सिनियर क्याप्टेन ‘रिजाल दाजुभाई’
अ+ अ-

काठमाण्डौ । इजरायलको राजधानी तेल अविवदेखि होस् या अफगानिस्तानको राजधानी कावुलमा अलगअलग समयमा भएका छुट्टाछुट्टै आतंककारी हमलामा मृत्यु र घाइते भएका नेपालीलाई उद्धार गर्ने काममा नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन पाइलट ‘रिजाल दाजुभाई’को चर्चा हुने गरेको छ ।

उद्धार कार्यमा दाई सिनियर क्याप्टेन पाइलट सुवाश रिजाल र भाई श्रवण रिजालको योगदान अतुलनीय पनि रहेको नेपाल वायुसेवाको भनाई छ । आफ्नो विमान उडानको समय सकिएता पनि या ‘ड्युटी अफ्’ अर्थात विदा भएपनि रिजाल दाजुभाई उद्धार कार्यमा सँधै अघि सर्दै आएका छन् ।

कोभिड—१९ संक्रमणताका पनि पिपिई लगाएर सिनियर क्याप्टेन दाजुभाई सुवाश र श्रवण रिजालले संगसंगै नेपाल वायुसेवाको चार्टर्ड फ्लाइट उडाएर स्विटजरल्याण्डदेखि चीन र हंगकङ्गदेखि कोरोना विरुद्धको औषधि ल्याउने काम गरेका थिए ।

‘देश र देशवासीको लागि केही गरौं’ भन्ने भावना भएका उनीहरु कुनै राजनैतिक दलसंग आवद्ध नभएको कारण सरकारले उनीहरुलाई यथोचित कदर गरेको भने पाइँदैन ।

अपवादको रुपमा एकै परिवारका बाबु सिनीयर क्याप्टेन गंगाप्रसाद रिजाल र तीन छोरा क्याप्टेन पाइलटहरु सुवाश, सुदिप र श्रवण एकताका शाही नेपाल वायुसेवा निगमको बोइङ्ग ७७७ विमान उडाउँथे । बाबु गंगा र तीनजना छोरा सुवाश, सुदिप र श्रवण गरि चारै जनाले विमान उडाएर असी हजारभन्दा बढी घण्टा आकाशमा बिताईसकेका छन् ।

असोज २० गते प्यालेस्टाइनी हमलाबाट इजरायलमा रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो भने केही घाइते भए । सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विषय पढेर ‘लर्न एण्ड अर्न’ अर्थात पढाई र कमाई संगसंगै कार्यक्रम अन्र्तगत गएको भदौमा मात्रै नेपाली विद्यार्थी इजरायल पुगेका थिए ।

पराराष्ट्र मन्त्री एनपि साउदसहित इजरायल गएको सरकारी उद्धार टोलीले घाइतेहरु साथै स्वदेश फर्किन चाहने नेपालीमध्ये पहिलो चरणमा २५४ जनालाई ६ दिनपछि शुक्रबार एकाविहानै सकुशल नेपाल फिर्ता ल्याएको थियो ।

उनीहरुलाई लिन नेपाल सरकारले चार्टर्ड गरेको नेपाल वायुसेवाको ए३३० एयरबस लिएर नेपाल वायुसेवा निगमको अपरेशन विभागका निर्देशक सिनियर क्याप्टेन श्रवण रिजालको नेतृत्वमा विमान चालक र चालक दलका सदस्य इजरायल गएका थिए ।

काठमाण्डौबाट दुबई हुँदै इजरायलको तेल अविवमा विहीबार पुगेर सो विमान २५४ जना नेपालीको उद्धार गरि पुन: दुबई हुँदै शुक्रबार एकाविहानै काठमाण्डौको त्रिभुवन विमानस्थलमा उत्रेको थियो ।

तेल अविवदेखि दुबईसम्म तिनै अपरेशन विभागका निर्देशक, सिनियर क्याप्टेन रिजालले ए३३० एयरबस चलाएका थिए भने दुवईदेखि काठमाण्डौसम्मको यात्रा अर्का सिनियर क्याप्टेन सञ्जय पौडेल र रमण घिमिरेको टोलीले ।

काठमाण्डौदेखि विहीबार एकाविहान २ बजे दुबई हुँदै इजरायलको तेल अविवसम्म र तेल अविवदेखि पुन: दुबईसम्म ए ३३० एयरबसको लामो समय उडानको थकानपछि वरिष्ठ क्याप्टेन रिजाल दुबईमा आराम गर्न बसेपछि अर्का क्याप्टेन पौडेल र घिमीरेले नेपाल ल्याएका थिए ।

त्यसो त २०७३ साल असारमा अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी संगठन तालिवानले बम आक्रमण गरि काबुलस्थित क्यानेडियन राजदूतावासमा सुरक्षासम्वन्धि काम गर्दै आएका १२ जना नेपालीको ज्यान लिएका थिए भने अरु ७ जना नेपाली घाइते भएका थिए ।

ती १२ नेपालीको शव र ७ जना घाइते सहित २४ नेपालीको उद्धारको लागि त्यतिखेर पनि नेपाल वायुसेवा निगमको ए३३० एयरबसका सिनियर क्याप्टेन रिजाल दाजुभाई सुवाश र श्रवण रिजाल काबुल गएका थिए ।

अहिलेपनि सिनियर क्याप्टेन रिजाल दाजुभाई अहिलेपनि नेपाल वायुसेवाको एयरबस ए३३० चलाउँदै आएका छन् । दुईपटक अपरेशन विभागको निर्देशक भईसकेका सिनियर क्याप्टेन सुवाश रिजालले अहिले नेपाल वायुसेवाको कुनै विभागको जिम्मेवारी नलिएतापनि नयाँ पाइलटहरुलाई प्रशिक्षण दिने र एयरबस ए३३० उडाउने काम गर्दै आएका छन् ।