२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीतपुर-सिमराका पूर्वमेयर पौडेलको निधन



अ+ अ-

निजगढ। जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल घर मृत अवस्थामा फेला परेका छन्।

नेकपा एमालेका नेतासमेत रहेका पूर्वमेयर पौडेल बिहीबावार साँझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत अवस्थामा फेला परेका हुन्। केही समय अघि देखि विभिन्न रोगले चापेका पौडेल स्वास्थ्यका कारण एमालेको जारी अधिवेशनमा सहभागी हुनु भएको थिएन ।

दिउसोसम्म पनि घरको ढोका नखुलेपछि आफन्त र प्रहरीले ढोका फोडेर हेर्दा पौडेल मृत अवस्थामा भेटिएका थिए । पौडेलको निधनका कारण मधेस प्रदेशका जारी अधिवेशन स्थगित भएको छ ।