२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी-फोटो फिचर

वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी-फोटो फिचर
अ अ+ अ-

काठमाण्डौ । हिन्दुहरुको महान चाड वडादशैंको पुर्वसन्ध्यामा स्वयम्भूमा रहेको द एक्सेल्सियर स्कुलका बिद्यार्थीहरुले दुर्गा नृत्य र दशैं झाँकी प्रस्तुत गर्नुका साथै दुर्गा भगवतीले महिषासुर राक्षसको वध गरेको प्रतिकात्मक नाटक प्रस्तुत गरेका छन् ।

बिद्यार्थीहरुलेवडादशैंको विजया दशमीभन्दा अगाडिका नौ रात्री अर्थात नवरात्रीमा पुजा गरिने ९ जना देवीहरुको प्रतीकस्वरुप नौ जना छात्रालाई ‘भगवतीको प्रतीक’ बनाई उनीहरुबाट नृत्य गराइएको थियो ।

त्यसैगरि बिद्यार्थीहरुले विभिन्न देवीहरुको रुपमा आफुलाई प्रस्तुत गरेका थिए भने आमा, शिक्षिका, गृहिणी, लगायत विभिन्न भूमिकाको प्रतिकारत्मक रुपमा आफुरुलाई चित्रण गरेका थिए । विद्यार्थीहरुमा दशैँको महत्वबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको बिद्यालयले जनाएको छ ।

अहिले सामाजिक सञ्जालमा रमाइरहने विद्यार्थीहरुलाई दशैँजस्तो चाडपर्वको मौलिकता कसरी कायम गर्न सकिन्छ र कसरी रमाइलो गरी दशैँ मनाउन सकिन्छ भन्ने उद्देश्यले व्यावहारिक ज्ञान दिइएको प्रधानाध्यापक प्रशान्त रजकले जानकारी दिनुभयो ।

आफ्नो धर्म, कला र संस्कृतिबारे विद्यार्थीलाई रुचि जगाउन पनि यस्ता व्यावहारिक ज्ञान विद्यार्थीहरुलाई दिनुपर्ने रजकले बताउनुभयो ।

नवरात्रीको नौ दिनमा शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पुजा आराधना गरि दशौं दिनमा दुर्गा भगवतीले महिषासुर राक्षसलाई वध गरेको खुसीयालीमा टिका र जमरा लगाई विजया दशमी मनाउने चलन छ ।