२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिगलविरुद्धको मुद्दामा प्रधानन्यायाधीशको ‘रिक्युजल’, १४ गते अर्को पेशी



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आममाफी पाएका हत्या अभियुक्त योगराज ढकाल ‘रिगल’ विरुद्धको मुद्दामा रिक्युजलको घोषणा गरेका छन् ।

आफूले यस्तै प्रकृतिको मुद्दामा यसअघि फैसला गरिसकेको भन्दै प्रधानन्यायाधीशले अर्को इजलासमा पेश गर्न आदेश दिएका हुन् ।

बिहिबार प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा मुद्दाको सुनवाइ सुरु भएको थियो । केहीबेर दुवै पक्षको बहस सुनेपछि खाजा समयका लागि इजलास स्थगन गरिएको थियो । तर, पछि प्रधानन्यायाधीशले यस्तै मुद्दामा आफूले फैसला गरिसकेकै कारण यो मुद्दा हेर्न नमिल्ने भनी इजलासलाई जानकारी गराए । न्यायाधीशद्वय भट्टराई र रेग्मीले पनि यस्तो खालको मुद्दा पहिल्यै हेरिसकेकोले ‘रिक्युजल’ को घोषणा गरे ।

अर्को पेशी कात्तिक १४ गतेलाई तोकिएको छ । अब नयाँ न्यायाधीशको इजलासमा सुरुबाटै सुनवाइ हुने छ ।