२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिगलविरुद्धको मुद्दामा प्रधानन्यायाधीशको ‘रिक्युजल’, १४ गते अर्को पेशी



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आममाफी पाएका हत्या अभियुक्त योगराज ढकाल ‘रिगल’ विरुद्धको मुद्दामा रिक्युजलको घोषणा गरेका छन् ।

आफूले यस्तै प्रकृतिको मुद्दामा यसअघि फैसला गरिसकेको भन्दै प्रधानन्यायाधीशले अर्को इजलासमा पेश गर्न आदेश दिएका हुन् ।

बिहिबार प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा मुद्दाको सुनवाइ सुरु भएको थियो । केहीबेर दुवै पक्षको बहस सुनेपछि खाजा समयका लागि इजलास स्थगन गरिएको थियो । तर, पछि प्रधानन्यायाधीशले यस्तै मुद्दामा आफूले फैसला गरिसकेकै कारण यो मुद्दा हेर्न नमिल्ने भनी इजलासलाई जानकारी गराए । न्यायाधीशद्वय भट्टराई र रेग्मीले पनि यस्तो खालको मुद्दा पहिल्यै हेरिसकेकोले ‘रिक्युजल’ को घोषणा गरे ।

अर्को पेशी कात्तिक १४ गतेलाई तोकिएको छ । अब नयाँ न्यायाधीशको इजलासमा सुरुबाटै सुनवाइ हुने छ ।