१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेबिरुद्धका मुद्दाको पेसी आज हुँदैछ ।

सर्वोच्चले गत फागुन १५ गते चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालतले अहिलेसम्म अन्तिम फैसला सुनाउन सकेको छैन ।

यहि असोजमा मात्रै दुई पटक पेसी चढेको थियो । तर विभिन्न बाहानमा मुद्दाले अझै किनारा पाउन सकेको छैन । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै मुद्दामा जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो ।

उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।