७ भाद्र २०८३, आईतवार
,
Latest
बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल कुष्ठ प्रभावितलाई आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड बारामा हराएकी दुई वर्षीया बालिका रातभरको खोजीपछि सकुशल फेला म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण ‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’ शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छः शिक्षामन्त्री पोखरेल विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, संकलित आवाजलाई कानूनी रूप दिइने वैदेशिक रोजगारी छाडेर स्वदेशमै सुकुटी व्यवसाय, मोरङ लक्ष्मीमार्ग बन्दै ‘सुकुटी बजार’ विद्यालय तहको शिक्षा क्षेत्रलाई संघीय सरकारले अनावश्यक हस्तक्षेप गर्न मिल्दैनः अध्यक्ष ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीले किन लगायो बंगलादेशलाई जरिवाना ?



अ+ अ-

एजेनसी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेश टोलीलाई म्याच शुल्कको ५ प्रतिशत जरिवाना गरिएको छ ।

विश्वकप २०२३ को सातौं खेलमा इंग्ल्याण्डविरुद्धको खेलमा स्लो ओभर रेट गरेको भन्दै आईसीसीले बंगलादेशलाई जरिवाना गरेको हो ।

बंगलादेशले तोकिएको समयमा एक ओभर कम बलिङ गरेको कारण सम्पूर्ण टोलीलाई जरिवाना गरिएको थियो ।

इमिरेट्स म्याच रेफ्रीहरूको आईसीसी एलिट प्यानलका जाभागल श्रीनाथले शकिब अल हसनको नेतृत्वमा रहेको बंगलादेशको टोलीलाई जरिवाना लगाए । खेलाडी र खेलाडी समर्थन व्यक्तिहरूको लागि आईसीसी आचार संहिताको धारा २(२) अनुसार, खेलाडीहरूलाई समय कम गर्न प्रत्येक ओभरको लागि ५ प्रतिशत जरिवाना गरिन्छ ।

बंगलादेशका कप्तान शकिब अल हसनले समयमै ओभर पूरा नगरेको आफ्नो गल्ती स्वीकार गर्दै औपचारिक सुनुवाइ टारेका छन् । मैदानमा रहेका अम्पायर अहसान रजा र पल विल्सन, थर्ड अम्पायर एड्रियन होल्डस्टक र चौथो अम्पायर कुमार धर्मसेनाले जरिवाना लगाएका हुन् ।

खेलको कुरा गर्ने हो भने डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डका अगाडि बंगलादेशको टोली खल्लो साबित भयो । धर्मशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले डेभिड मलानको शतकको मद्दतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६४ रन बनाएको थियो । जवाफमा बंगलादेशको टोली ४८.२ ओभरमा २२७ रनमा अलआउट भयो । यसरी बंगलादेशले १३७ रनको लज्जास्पद हार बेहोरेको थियो ।