२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार



अ+ अ-

काठमाडौँ । यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ ।

विभिन्न दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता शेयर ५५ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ८५ लाख ४७ हजार नौ सय ८० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३, निर्जीवन बीमा समूह शून्य दशमलव ०६ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै एक दशमलव ८० र म्युचुअल फन्ड एक दशमलव ०७ प्रतिशतले बढेको छ । एक सय ३७ कम्पनीको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै सिटी होटल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य चार दशमलव २१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मान्डु हाइड्रोपावर लिमिटेडको रू चार करोड ८० लाख ९० हजार आठ सय १६ बराबरको किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको एक लाख ६६ हजार सात सय २९ कित्ता शेयर किनबेच भएको छ । रासस




भर्खरै