१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुकेश अम्बानी बने सबैभन्दा धनी भारतीय



अ+ अ-

एजेन्सी । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी अदानी समूहका अध्यक्ष गौतम अडानीलाई पछि पार्दै सबैभन्दा धनी भारतीय बनेका छन् ।

मंगलबार जारी ‘३६० वन वेल्थ हुरुन इन्डिया रिच लिस्ट २०२३’ मा अम्बानी ८.०८ लाख करोड रुपैयाँको सम्पत्तिका साथ शीर्ष स्थानमा छन् ।

यस सूचीमा गौतम अडानी दोस्रो स्थानमा झरेका छन्, हाल उनको सम्पत्ति ४.७४ लाख करोड रुपैयाँ छ । हिन्डनबर्ग रिसर्च रिपोर्टका कारण अडानीको नेटवर्थमा उल्लेख्य गिरावट आएको छ ।

सीरम इन्स्टिच्युट अफ इन्डियाका संस्थापक साइरस एस पूनावाला २.७८ लाख करोड रुपैयाँको सम्पत्तिसहित तेस्रो स्थानमा कायमै छन् । एचसीएलका शिव नाडर २.२८ लाख करोड रुपैयाँको सम्पत्तिका साथ चौथो स्थानमा छन् भने गोपीचन्द हिन्दुजा १.७६ लाख करोड रुपैयाँको सम्पत्तिका साथ पाँचौं स्थानमा छन् ।