४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

विश्वका खतरनाक पाँच स्थानहरु

विश्वका खतरनाक पाँच स्थानहरु
अ+ अ-

एजेन्सी । विश्वमा केहि यस्ता स्थान छन् जहाँ आजकलका मानिसको बसोबास त धेरै परको कुरा त्यहाँ पुग्ने समेत सम्भावना छैन । तर आजभन्दा कैयौ सय वर्षअघिका त्यस स्थानमा मानिसको बसोबास रहेको प्रमाण भेटिएको छ । निकै अप्ठेरो र खतरनाक स्थलमा समेत मानिस बसेको प्रमाण पाएसँगै त्यसलाई अहिले पर्यटकिय स्थल बनाइएको छ । 

यस्ता छन् विश्वका पाँच अनौठा स्थानहरु :

१) कप्पादोकियाँ
टर्कीको प्राचीन अनाटोलिया प्रान्तमा स्थित कप्पादोकियालाई मानिसको पुरानो बसोबास स्थल मध्ये एक मानिन्छ । यस स्थानको अवलोकनले पनि मानव विकास क्रम कसरी भएको रहेछ भन्ने जानकारी पाउन सकिन्छ । जहाँ ईसा पुर्व छैठौ शताब्दिको रेकर्ड अनुसार पारसी साम्राज्यको सबैभन्दा पुरानो प्रान्त हो । यो स्थल युनेस्को विश्व धरोहरमा समावेश छ ।

२) अल हजराह
यमनको हराज पहाडको सबैभन्दा अग्लो भागमा बनेको एक पर्खालको शहर छ । जहाँ आजकल मानिसहरु पुग्ने सम्भावना निकै कम छ । तर यस स्थलमा पहिले मानिसको बसोबास थियो । जसलाई अल हजराहको नामले समेत चिनिन्थ्यो । आधिकारीक प्रमाणका आधारमा यसलाई १२ औं शताब्दिको मानिन्छ ।

३) पोन्टे वेकिया

इटालीको फिरेन्डे शहरको सम्झना योग्य पुल मध्ये एक हो, पोन्टे वेकियो अर्थात ओल्ड ब्रिज । यो पुल आर्नो नदीमा अवस्थित छ । यस पुलको निर्माण सन् १३४५ मा भएको थियो । तर केहि समय पश्चात यहि पुल माथि मानिसहरुले घर र पसलहरुको निर्माण गर्न थाले ।

४) रासानोऊ मनेस्ट्री मठ

ग्रीसको थेसले क्षेत्रमा एक सिधा ठाडो पहाडी भागमा रासानोऊ मनेस्ट्री मठ लाई सन् १५४५ मा दोश्रो पटक निर्माण गरिएको थियो । त्यसबेला यसलाई दुई दाजुभाई मैक्सिमोस र लोआस्फे मिलेर बनाएका थिए । यसमा चर्च, अतिथी कोठा, रिसेप्शन हल र डिस्प्ले हल समेत बनाइएको थियो । सन् १८०० मा यसमा जानेबाटोमा काठको पुल बनेपछि यस स्थानमा पुग्न सहज बनेको थियो ।

५) सी ल्याण्ड

समुन्द्रले जुन भागलाई आफ्नो बनाउँछ त्यसमाथि कुनै पनि देशको अधिकार हुँदैन । तर सी फोर्टको भने रहस्य भने अनौठो छ । केहि मानिसले यसलाई विश्वको सबैभन्दा सानो राज्यको उपाधी दिएका छन् । सील्याण्डमा बनेको सी फोर्ट, ग्रेट ब्रिटेन आईलैण्डबाट १३ किलोमिटरको दुरीमा रहेको छ । पहिला यस सि लैण्डको आफ्नै पासर्पोट र मुद्रा समेत थियो ।