• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

विश्वका खतरनाक पाँच स्थानहरु



एजेन्सी । विश्वमा केहि यस्ता स्थान छन् जहाँ आजकलका मानिसको बसोबास त धेरै परको कुरा त्यहाँ पुग्ने समेत सम्भावना छैन । तर आजभन्दा कैयौ सय वर्षअघिका त्यस स्थानमा मानिसको बसोबास रहेको प्रमाण भेटिएको छ । निकै अप्ठेरो र खतरनाक स्थलमा समेत मानिस बसेको प्रमाण पाएसँगै त्यसलाई अहिले पर्यटकिय स्थल बनाइएको छ । 

यस्ता छन् विश्वका पाँच अनौठा स्थानहरु :

१) कप्पादोकियाँ
टर्कीको प्राचीन अनाटोलिया प्रान्तमा स्थित कप्पादोकियालाई मानिसको पुरानो बसोबास स्थल मध्ये एक मानिन्छ । यस स्थानको अवलोकनले पनि मानव विकास क्रम कसरी भएको रहेछ भन्ने जानकारी पाउन सकिन्छ । जहाँ ईसा पुर्व छैठौ शताब्दिको रेकर्ड अनुसार पारसी साम्राज्यको सबैभन्दा पुरानो प्रान्त हो । यो स्थल युनेस्को विश्व धरोहरमा समावेश छ ।

२) अल हजराह
यमनको हराज पहाडको सबैभन्दा अग्लो भागमा बनेको एक पर्खालको शहर छ । जहाँ आजकल मानिसहरु पुग्ने सम्भावना निकै कम छ । तर यस स्थलमा पहिले मानिसको बसोबास थियो । जसलाई अल हजराहको नामले समेत चिनिन्थ्यो । आधिकारीक प्रमाणका आधारमा यसलाई १२ औं शताब्दिको मानिन्छ ।

३) पोन्टे वेकिया

इटालीको फिरेन्डे शहरको सम्झना योग्य पुल मध्ये एक हो, पोन्टे वेकियो अर्थात ओल्ड ब्रिज । यो पुल आर्नो नदीमा अवस्थित छ । यस पुलको निर्माण सन् १३४५ मा भएको थियो । तर केहि समय पश्चात यहि पुल माथि मानिसहरुले घर र पसलहरुको निर्माण गर्न थाले ।

४) रासानोऊ मनेस्ट्री मठ

ग्रीसको थेसले क्षेत्रमा एक सिधा ठाडो पहाडी भागमा रासानोऊ मनेस्ट्री मठ लाई सन् १५४५ मा दोश्रो पटक निर्माण गरिएको थियो । त्यसबेला यसलाई दुई दाजुभाई मैक्सिमोस र लोआस्फे मिलेर बनाएका थिए । यसमा चर्च, अतिथी कोठा, रिसेप्शन हल र डिस्प्ले हल समेत बनाइएको थियो । सन् १८०० मा यसमा जानेबाटोमा काठको पुल बनेपछि यस स्थानमा पुग्न सहज बनेको थियो ।

५) सी ल्याण्ड

समुन्द्रले जुन भागलाई आफ्नो बनाउँछ त्यसमाथि कुनै पनि देशको अधिकार हुँदैन । तर सी फोर्टको भने रहस्य भने अनौठो छ । केहि मानिसले यसलाई विश्वको सबैभन्दा सानो राज्यको उपाधी दिएका छन् । सील्याण्डमा बनेको सी फोर्ट, ग्रेट ब्रिटेन आईलैण्डबाट १३ किलोमिटरको दुरीमा रहेको छ । पहिला यस सि लैण्डको आफ्नै पासर्पोट र मुद्रा समेत थियो ।