९ भाद्र २०८३, मंगलवार
,
Latest
राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै पहिलोपल्ट एकैव्यक्तिमा एकैचोटी मृर्गौला र कलेजो प्रत्यारोपण



अ+ अ-

काठमाण्डौ । दुवै मिर्गाैलाले काम गर्न छोडेपछि डायलोसिस गर्दै आएकी भरतपुर महानगरपालिका २६ रोदी गाउँ, दिपेन्द्रनगरकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेललाई उनकी भाउजु मञ्जुकुमारी क्षेत्री जिसीले आफ्नो एउटा मृर्गौला झिकेर दिएकी छिन् भने सोनाका पति नीरचन्द्र भुजेलले आफ्नो कलेजोको एक टुक्रा काटेर उनको जीवन बचाएका छन् ।

एकै व्यक्तिमा एकैचोटी मृर्गौला र कलेजो प्रत्यारोपण गरिएको संभवत: यो नेपालकै स्वास्थय क्षेत्रको पहिलो घटना हो । तीन वर्षअघिदेखि दुवै मिर्गाैलाले काम गर्न छोडेपछि डायलोसिस गर्दै आएकी सोनाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएपछि उनको थप स्वास्थ्य परिक्षण गर्दा कलेजोमा समेत समस्या देखिएपछि उनलाई मिर्गाैला र कलेजो नै प्रत्यारोपण गर्नुपरेको किस्ट अस्पतालले जनाएको छ ।

 

सोनाको किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्काे, इमाडोलमा मृर्गौला र कलेजो एकैचोटी प्रत्यारोपण गरिएको सो अस्पतालका प्रमुख कार्यकारी निर्देशक अमिश पाठकले बताएका छन् । सोमबार विहान ११ बजेदेखि मंगलबार विहान ५ बजेसम्म १८ घण्टा लगाएर सोनाको कलेजो र मिर्गाैला प्रत्यारोपण गरिएको हो ।

प्रमुख कार्यकारी निर्देशक पाठकका अनुसार सोनालाई मृर्गौला र कलेजो प्रत्यारोपण गर्ने कार्य किस्ट मेडिकल कलेजका वरिष्ठ कलेजो र मिर्गाैला प्रत्यारोपण विशेषज्ञको टोलीले भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालका ७ जना वरिष्ठ प्रत्यारोपण विशेषज्ञको टोलीले १८ घण्टा लगाएर सम्पन्न गरेको हो ।

प्रत्यारोपणपछि विरामीको साथै मिर्गाैला दिने सोनाकी भाउजु मञ्जु र उनका पनि नीरचन्द्रको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनीहरुलाई प्रत्यारोपणपछि राखिने पोष्ट अपरेटिभ केयर युनिटमा क्रिटिकल केयर व्यवस्थापनको प्रत्यक्ष रेखदेखमा राखिएको छ ।