३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने

बुधबार नेप्से परिसूचक ३२.४१ अंकले घटेर २ हजार ६३२.२० विन्दुमा, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार

बुधबार नेप्से परिसूचक ३२.४१ अंकले घटेर २ हजार ६३२.२० विन्दुमा, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार
अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ३२.४१ अंकले घटेर २ हजार ६३२.२० विन्दुमा झरेको छ। यस दिन १.२२ प्रतिशतले बजारमा म्युचुअल फण्ड बाहेकका सबै परिसूचक घटेको हो । 

यता ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ६.२१ अंकले घटेर ४७३.३९ विन्दुमा झरेको छ । यस दिन रू. ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार बराबरको १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर कारोबार भएको छ। यो कारोबार २१४ ओटा कम्पनीको ६६ हजार ४८० पटकको व्यापारमा भएको हो ।

यो साताको ४ कारोबार दिनमा ३ दिन बजार घटेको छ । लामो समयदेखि बढेको बजार विक्रेता हाबी हुदाँ प्रभावित भएको ब्रोकरहरु बताउँछन् । पछिल्लो समय दोस्रो बजारमा सूचीकृत भएका नयाँ कम्पनीहरुको शेयर धेरै लगानीकर्ताहरुको हातमा भएकाले ती कम्पनीको शेयर विक्री चापका कारण बजार प्रभावित भएको ब्रोकरहरु बताउँछन् । 

यो दिन सर्वाधिक रकमको शेयर कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यस बैंकको रू. २५ करोड ४५ लाख ९८ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य भने अघिल्लो कारोबार दिनको तुलनामा प्रतिकित्ता रू. ७ ले घटेर अन्तिम मूल्य रू. ५७१ कायम भएको छ ।

बुधवार म्युचुअल फण्ड समूहको परिसूचक ०.१२ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २.१ प्रतिशतले घटेको छ ।

त्यस्तै बैंकिङ्गको १.३६ प्रतिशत, व्यापापरिकको ०.०५ प्रतिशत, होटल्स तथा पर्यटनको ०.५५ प्रतिशत, जलविद्युतको १.१५ प्रतिशत, वित्तको १.५९ प्रतिशत, निर्जीवन बीमा समूहको १.१७ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.४८ प्रतिशत, अन्यको ०.८७ प्रतिशत, लघुवित्तको १.०७ प्रतिशत, जीवन बीमाको ०.८४ प्रतिशत र लगानी समूहको १.४२ प्रतिशत परिसूचक घटेको छ ।

दोहोरो उच्च अंकले घटेको बुधबारको बजारमा ज्योति लाईफ इन्स्योरेन्स सहित चार कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । ज्योति लाईफ इन्स्योरेन्सको ९.९९ प्रतिशत, महिला लघुवित्तको ९.९६ प्रतिशत, ग्रिन डेभलपमेण्ट बैंकको ९.९० प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ९.८० प्रतिशत शेयरमूल्य बढेको हो । 

यो दिन ज्योति लाईफको प्रतिकित्ता रू. ७५ ले बढेर अन्तिम मूल्य रू. ८२६, महिला लघवित्तको प्रतिकित्ता रू. १६० ले बढेर अन्तिम मूल्य रू. १ हजार ७६६, ग्रिन डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. १९ ले बढेर अन्तिम मूल्य रू. २११ र हिमाल दोलखा हाइड्रोपावरको प्रतिकित्ता रू. १५ ले बढेर अन्तिम मूल्य रू. १६८ कायम भएको हो । 

यसदिन लिवर्टी ईनर्जी कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ५.१७ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१८ ले घटेर अन्तिम मूल्य रू. ३३० कायम भएको हो ।