• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

तालिकाको पुछारको ग्रानडासँग बार्सिलोनाले अंक बाँड्यो



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । गएराति भएको खेलमा बार्सिलोना ग्रानडासँग उसको घरेलु मैदानमा २–२ गोलमा रोकिएको हो ।

ब्रायन जारागोजा मार्टिनेजले खेलको सुरुवाती मिनेटमा नै गोल गर्दै घरेलु टोली ग्रानडालाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा मार्टिनेजले नै गोल थप्दै ग्रानडालाई २–० गोलले अघि बढाए ।

यता, पहिलो हाफको इन्जुरी समयमा लामिने यामलले गोल गर्दै बार्सिलोनालाई १–२ को अग्रतामा झारे । ग्रानडाविरुद्धको गोलसँगै यामल ला लिगामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । उनले १६ वर्ष ८७ दिनमा गोल गर्दै यो कीर्तिमान बनाएका हुन् ।

यसअघि ला लिगामा यो कीर्तिमान फाब्रिस ओलिंगाको नाममा थियो । उनले सन् २०१२ मा १६ वर्ष ९८ दिनमा मालगाबाट गोल गर्दै कीर्तिमान राखेका थिए ।

यस्तै, ८५ औं मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याउँदै हारबाट जोगाए ।

अपराजित रहेको बार्सिलोनाको यो समग्रमा तेस्रो बराबरी हो । बार्सिलोना ९ खेलबाट २१ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । ग्रानडा समान खेलबाट ६ अंकका साथ १९ औं स्थानमा छ । ग्रानडापछि एकमात्र टोली अल्मेरिया ३ अंकका साथ २० औं स्थानमा छ ।