२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक दुर्घटना रोक्न सडक सुरक्षामा सरकारले ध्यान दिनुपर्‍यो: सांसद तामाङ



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले चाडपर्वको बेलामा हुने सडक दुर्घटना रोक्न प्रभावकारी रुपमा सडक सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद तामाङले नजिकिँदै गरेको चाडपर्वहरु दशैँ र तिहारमा गाउँ आवतजावत गर्दा दुर्घटना हुने गरेको भन्दै सडक सुरक्षाको लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले यात्रुहरुले सवारी साधनको अभाव, महंगिको समस्या र टिकट उपलब्धताको समेत समस्या भोग्नुपरेको भन्दै यसप्रति पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले काठमाडौँ उपत्यकामा हुने चोरी र लुटपाटको पनि नियन्त्रण गर्न सरकारलाई अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘काठमाडौं उपत्यका र मुलुकका विभिन्न शहरहरुबाट धेरै नेपालीहरु गाउँमा जान्छन् । त्यस क्रममा यातायातका साधनहरुको अभाव, महंगिको समस्या, टिकटको उपलब्धतामा समस्या भन्ने कुराहरु आएकै छन् । त्यतिमात्रै होइन सडक दुर्घटनाबाट रोक्नको निमित्त सडक सुरक्षाको व्यवस्था तदारुकता र प्रभावकारी बनाउनको निमित्त म सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहान्छु । यात्रुहरुमाथि अनावश्यक दु:ख दिने, लुटपाट गर्ने र काठमाडौं उपत्यका लगायतका शहरहरुमा मान्छेहरु कमी हुँदै जान्छन् त्यसबिचमा चोरी बढ्ने, लुटपाटका घटना हुने गर्छन् । त्यस खालका कामहरुलाई रोक्नको निमित्त म गृहमन्त्रीको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भड्काउने गतिविधिहरुलाई बेलैमा नियन्त्रण गर्नुपर्ने बताउनु भयो । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नको निमित्त संसदमा रहेका सबै राजनीतिक दलहरुको तर्फबाट संयुक्त रुपमा पहल गर्नुपर्ने उहाँले बताउनु भयो ।