२२ असार २०८३, सोमबार
,
Latest
पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल विदेशी प्रतिनिधिसँग प्रधानमन्त्री बालेनको पहिलो ‘वान-अन-वान’ कूटनीतिक भेट हुँदै स्वास्थ्यमन्त्री मेहताको सक्रियता,कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षण ऊर्जा मन्त्री श्रेष्ठका १०० दिन: १३८ मेगावाट विद्युत् थप, नीतिगत सुधारमा जोड बेलिङ्घमको दुई गोलमा इङ्गल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनाधिकृत घुम्ति व्यापार गर्न नपाइने नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको सङ्केत सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराँस रोपण सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीसँगको छलफलबारे आफूनिकट नेतालाई ब्रिफिङ गर्दै नेता नेपाल



अ+ अ-

काठमाडौं । लामो समय देखिको सम्बादहिनतालाई थाती राख्दै बुधबार अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्नुभएका एमाले बरिष्ठ नेता माधब नेपालले आज आफूनिकट नेताहरूसँग परामर्श  गर्न लाग्नु भएको छ ।

अध्यक्ष ओलीसँग भएको दुईघण्टे सम्वादका बारेमा आफूनिकट नेताहरूसँग परामर्श  गरी नयाँ कदम कसरी अघि बढाउने भन्ने बारेमा नेपालले परामर्स गर्न लाग्नु भएको हो ।  पार्टी केन्द्रीय कार्यलयको शिलन्यास कार्यक्रममा अनुपस्थित हुनु भएका नेता नेपाललाई १० गते बस्ने केन्द्रीय समितिको बैठकमा आउन र कुरा राख्न निमन्त्रणा दिनु भएको थियो ।नेता नेपालले भने समूहमा छलफल गरेपछि मात्र जबाफ दिने जानकारी गराउनु भएको थियो ।

आफूपक्षका नेताहरुलाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा नै सम्पर्क गरी फकाउन थालेपछि दबावमा पर्नुभएका नेता नेपाल बैठकमा गएर नै कुरा राख्ने वा समानान्तर गतिबिधि जारी राख्ने भन्ने दोधारमा हुनहुन्छ ।