• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै ★   कृषि विकास सहकारीका सञ्चालक तेज विक्रम थापासहित ४ जना पक्राउ ★   चितवनमा पेस्तोल देखाएर सुनचाँदी र नगद लुटपाट ★   अस्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित, इंग्ल्यान्ड सुपर आठमा ★   तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै ★   नेपालमा भएका अवसरमा मिलेर लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आह्वान ★   प्रधानमन्त्री दाहालले सम्झिए शहीद रीतबहादुर खड्काको योगदान ★   बेनी–पाखापानी सडक स्तरोन्नति सुरु ★   काठमाडौंमा आजदेखि दैनिक ४ घण्टा विजुली जाने ★   प्रतिनिधिसभामा आज तीन वटा मन्त्रालयको बजेटमाथि छलफल हुने

पीडित परिवारले चाहेमा मात्रै कैद मिनाहा गर्न सकिने कानून बनाऔँ: महामन्त्री शर्मा



file photo

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहे मात्र कैद मिनाहा गर्न सकिने कानून बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले पीडित परिवारका सदस्यहरुले चाहेमा मात्रै पीडकलाई कैद मिनाहा गर्न सकिने कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले पीडित परिवार दोषिलाई माफी दिन तयार भएमा राष्ट्रपति समक्ष पुगेर माफि दिन सकिने बताउनु भयो । तर परिवार पनि धम्कि र लोभका कारण माफी दिन तयार देखिन सक्ने खतरा रहेको औंल्याउँदै उहाँले नेपाली समाजमा यसो गर्न पनि सजिलो नहुने बताउनु भयो । उहाँले नेपालगञ्जका रिगल डन भनिने योगराज ढकाललाई माफी दिने सरकारको निर्णयलाई अदालतले वैद्यता दिनु नहुने बताउनु भयो । उहाँले अदालतले सो निर्णयलाई वैधता दिएमा दण्डहिनता बढेर जाने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अब हामीले कानून बनाउँदै गर्दाखेरी सरकार कांग्रेस, एमाले, माओवादी जुनसुकै दलको जहिल्यसुकै बनोस् अबको दशकमा देशले हिँड्दै गर्दाखेरी कसैलाई माफी दिने हो भने त्यो परिवारकै सदस्यलाई बोलाएर सोधौँ । त्यो परिवारको सदस्य के तयार छ त्यसमा माफि दिन ? माफी दिन तयार छ भने राष्ट्रपतिकोमा लिएर माफी दिउँ । माफि दिन परिवार तयार छैन भने त्यो अवस्थामा हामीले माफि दिने कुरा गलत हुन्छ । यद्यपी परिवार तयार हुने बित्तिकै माफी दिइहाल्नु पर्छ भन्ने कुरापनि फेरि हाम्रोजस्तो समाजमा सजिलो कुरो होइन । परिवारलाई धम्क्याइएको हुनसक्छ । लोभ्याइएको हुनसक्छ ।

जब दिन दहाडै खुडाले हानेर प्रहार गरेको मान्छे फूलमाला, अबिर लगाएर जुनसुकै राजनीतिक दलको आस्था राखेको मान्छे होस् फुलमाला लगाएर हिडेको देखिन्छ अनि नागरिकमा वितृष्णा हुँदैन ? नागरिकमा आवेग हुँदैन ? र त्यो आवेग कहिले राजनीतिक रुपमा भड्किन्छ । कहिले धार्मिक रुपमा भड्किन्छ । त्यसकारणले यो अहिले समाजमा भइरहेको वितृष्णा र समाजमा फैलिइरहेका विविध खाले आवेगलाई नियन्त्रण गर्न पहिला हामी नियन्त्रित हुनुपर्छ । सांसद, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म संयमित बन्नुपर्छ । अदालतमा विषय प्रवेश गरेको छ । अदालतले फैसला गर्दै गर्दाखेरी यसमा सकारात्मक ढंगको आदेश दियो भने त्यसले आगामी दिनमा यो प्रकारको घटनालाई निरुत्साहित गर्ने, नियन्त्रण गर्ने र सरकारलाई बाँध्ने कुरा बन्छ । तर अदालतले यसलाई माफि दिन पाउनेकुरालाई वैधता दियो भने यसले दण्डहिनतालाई बढाएर जान्छ । अदालतले यसलाई गम्भिरतापूर्वक केन्द्रमा राख्छ भन्ने कुरालाई आशावादी बनौँ र विश्वस्त बनौँ ।’

महामन्त्री शर्माले समाजमा हरेक क्षेत्रमा आवेश र असन्तुष्टि रहेको भन्दै यसले सामाजिक सद्भाव बिगार्न मद्दत पुगिरहेको बताउनु भयो । उहाँले सरकारले जिम्मेवारपूर्ण भएर काम गरे नागरिकको विश्वास आर्जन हुने र यस्तो घटनाक्रमहरु रोकिने बताउनु भयो । उहाँले संसदमा हुने सांसदहरुको प्रस्तुति पनि परिपक्व, संयम र जिम्मेवार बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सबै क्षेत्रमा आवेग छ । हरेक मान्छेलाई हरेकसँग किन हो किन रिस उठिराखेको छ । हरेक मान्छे हरेक मान्छेसँग असन्तुष्ट छ । हरेकसँग प्रश्न छ । गुनासो छ । तर बडा संयमतापूर्वक, आत्मियतापूर्वक सद्भावलाई कायम राख्नेभन्दा अर्को उपाय छैन । यो एउटा घटनाक्रम भन्दापनि प्रवृत्तिको रुपमा विकास हुनु हुँदैन । यसलाई कसरी हुन्छ समन्वयमा लिनुपर्छ । सरकारले गर्ने गतिविधिहरु जिम्मेवारपूर्ण ढंगको भएर आयो, सरकारले गर्ने कर्महरुले नागरिकमा विश्वासहरु सिर्जना गर्न थाल्यो । संसदमा हुने हाम्रा प्रश्तुतिहरुले परिपक्वता, संयम र जिम्मेवारी बनाउन थाल्यौँ त्यसको प्रभाव समाजमा पर्छ । रोष्टममा उभिएर विश्वप्रकाश शर्माले अत्यन्तै आवेगको अभिव्यक्ति राख्यो भने विश्वप्रकाशलाई समर्थन गरिरहेको पार्टीको सदस्यले त्यो आवेगलाई बढाएर लान्छ । घटाएर लाँदैन । त्यसकारण सरकारको गतिविधिहरुले, प्रतिपक्षको गतिविधिले यस्तो खालको कुरालाई बढाउने, राजनीतिकर्मीका कारणले बढाउने कुरालाई बल पुर्‍याएको छ कि ?’

महामन्त्री शर्माले राजनीतिकर्मीहरु आफ्नो अभिव्यक्ति राख्ने कुरामा सजग र सचेत हुनुपर्ने बताउनु भयो ।