• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै ★   म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो ★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

विधायन सम्बन्धि विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित



काठमाडौँ । विधायन सम्बन्धि विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रश्तुत भएको विधेयक सर्वसहमतिले स्वीकृत भएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यायन सम्बन्धि विधेयक, २०८० माथि संसदमा विचार गरियोस् भन्ने सरकारले पेश गरेको विधेयक सर्वहमतिले पास भएको घोषणा गर्नुभयो ।

विद्यायन सम्बन्धि विधेयक २०८० कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पेस गर्नुभएको थियो । उहाँले संसदीय समितिको निर्देशन बमोजिम सरोकारवालाहरुको छलफलपछि प्राप्त सुझावलाई समेटर विद्यायन सम्बन्धि विधेयक, २०८० तयार पारेको बताउनु भयो ।