• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

विधायन सम्बन्धि विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित



काठमाडौँ । विधायन सम्बन्धि विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ ।

बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रश्तुत भएको विधेयक सर्वसहमतिले स्वीकृत भएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यायन सम्बन्धि विधेयक, २०८० माथि संसदमा विचार गरियोस् भन्ने सरकारले पेश गरेको विधेयक सर्वहमतिले पास भएको घोषणा गर्नुभयो ।

विद्यायन सम्बन्धि विधेयक २०८० कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पेस गर्नुभएको थियो । उहाँले संसदीय समितिको निर्देशन बमोजिम सरोकारवालाहरुको छलफलपछि प्राप्त सुझावलाई समेटर विद्यायन सम्बन्धि विधेयक, २०८० तयार पारेको बताउनु भयो ।