• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन ★   ‘नेपाल आइडल–५’ को उपाधि करणले जिते ★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन

प्रधानमन्त्रीको चीन भ्रमणबारे सांसद पन्तको टिप्पणी–हात्ति आयो, हात्ति आयो फुस्सा



काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीले चीन भ्रमणबाट महत्वपूर्ण अवसर गुमाएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा आर्थिक, भौतिक संरचनाको विकासमा कोशेढुंगाको भुमिका खेल्ने अपेक्षा गरिएको भएपनि त्यसो हुन नसकेको बताउनु भयो ।

उहाँले प्रधानमन्त्रीको चीन भ्रमण ‘हात्ति आयो, हात्ति आयो फुस्सा’ जस्तो भएको टिप्पणी गर्नुभयो । भ्रमणका क्रममा मुलुकको अग्रगति, उन्नति र गरिबी हटाउनका लागि कुनै आयोजना कार्यान्वयन हुन नसक्नु दु:खद् भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्रीले एउटा महत्वपूर्ण अवसर चीन भ्रमणमा मुलुकको विकासको लागि, मुलुकको अग्रगतिको लागि, मुलुकको उन्नतिको लागि, यो देशका जनताको गरिबी हटाउनका लागि यो मुलुकलाई विकासको बाटोमा अगाडी बढाउनका लागि र केपी ओलीको पालामा प्रश्तावित भएका ९ वटा योजनाहरुलाई कार्यान्वयन गर्ने मौका चुकाउनु भयो । यो देशका लागि अत्यन्त दु:खद कुरा हो ।’

उहाँले नेपालको प्रधानन्त्रीले एमसीसीका कार्यकारी निर्देशकसँग उभिएर एमसीसी कार्यान्वयन शुभारम्भ हुने कार्यक्रमको उद्घाटन गर्नु कुटनीतिक मर्यादा विपरित भएको टिप्पणी पनि गर्नुभयो ।